साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको मुख्य समाचार !

जनताका लागि नास्ता गरेर यो नेता आफ्नै निवास फर्कनुभयो जनताका लागि ऊ नेता आफ्नै बैठकमा एक्लै बैठक बस्नुभयो ।

Nepal Telecom ad

जनताका लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानुभयो
जनताका लागि ऊ नेताले यो नेताको स्वागत गर्नुभयो
जनताका लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनुभयो
जनताका लागि गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।

आजको मुख्य समाचार !
जनताका लागि ऊ नेताले यो नेताको कुरामा सहमति जनाउनुभयो
जनताका लागि सहमति खोज्दा नास्ता पो फेला पार्नुभयो
जनताका लागि गम्भीर भएर नास्ता गर्नुभयो
जनताका लागि दुवै नेताले त्यहाँ बैठकमा अर्को बैठक गर्नुभयो
जनताका लागि यो नेताले हाँसीहाँसी हुन्छ भन्नुभयो
जनताका लागि ऊ नेताले यो त हुँदै हुन्न भन्नुभयो
जनताका लागि दुवैले हुन्छ र हुन्नबीच सहमति खोज्नुभयो
जनताका लागि डकार्दै फेरि सहमति खोज्ने सहमति गर्नुभयो ।

आजको मुख्य समाचार !
जनताका लागि नास्ता गरेर यो नेता आफ्नै निवास फर्कनुभयो
जनताका लागि ऊ नेता आफ्नै बैठकमा एक्लै बैठक बस्नुभयो
जनताका लागि यो नेता सहमतिबिना लोकतन्त्र सुदृढ हुन भन्दै सुकला हुनुभयो
जनताका लागि आजको यो मुख्य समाचार तपाईंले थाहा पाउनुभयो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x