साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट दिऊँ गधालाई

नसुनेको कहिल्यै नदेखेको विपरीत हुँदै आयो अड्कल काटें- कि चुनाव आयो, कि यो बहुलायो ।

Nepal Telecom ad

कसैले मेरो ढोका ढकढकायो
खोल्दा घरमा नेता आयो
भैसीजस्तो शरीर उसको, गलामा फूलको माला
अघिपछि डन उसका कोही भतिजा कोही साला
मलाई एक्लै पाई नेता मुस्कुरायो
मानौँ स्यालले एक्लो खरायो समायो ।

मैले हात जोड्नुअघि नेताले नै हात जोड्यो
मैले सलाम गर्नुअघि उसैले पो सलाम ठोक्यो
नसुनेको कहिल्यै नदेखेको विपरीत हुँदै आयो
अड्कल काटें- कि चुनाव आयो, कि यो बहुलायो ।

मैले पुरानै पाठ कण्ठ थियो सुनाएँ-
स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस्
मेरो जे छ यहाँ सबै मनमाफिक तपाईंकै हो
जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस् ।

सुनेर नेताजीले दुइटा दाँत देखाए
त्यो देखेर सब डनहरूका पूरै बत्तिसी उदाए ।

अनि नेता उवाच-
के तपाईंलाई थाहा छ ?
मैले डाइरेक्ट लुट्न छोडिदिएँ
इनडाइरेक्ट यो मोड लिएँ
चुनावमा उम्मेदवारी दिएको छु
अहिले म त तपाईंलाई लुट्न होइन
केवल भोट माग्न आएको छु ।

कति लुट्नु गाउँका झुपडीहरू ?
कति घुकाउनु गाउँका कुकुरहरू
योभन्दा त इनडाइरेक्ट देशै लुटेर ?
टिभीमा पत्रकारहरूबीच देखिन्छु बरु ।

नेताको कुरा मलाई राम्रो लाग्यो
आफ्नो सुरक्षाको आस जाग्यो
सोचें- यसलाई त जसरी पनि जिताउनैपर्छ
यसलाई गाउँबाट भगाउनैपर्छ
ऊ सुहाउँदो चुनाव चिह्न पनि रहेछ
गधा छापमा मत खसाउनैपर्छ ।

नेताका लागि भोट माग्न मन लाग्यो मलाई
घरघरमा डुलें रोई कराई-
भोट दिऊँ यो लिच्चड गधालाई
जिताऊँ जिताऊँ हाम्रो नेतालाई ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x