साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लामबाहुले दर्शन

कुरो नबुझे पनि हाँसोको जवाफ म पनि हाँसैले दिन्छु तर कोट्ट्याउन भने छोड्दिन । अनि हाँस्तै सोधिरहन्छु, के हो लामबाहुले कार्यक्रम भनेको ?

Nepal Telecom ad

‘लामबाहुले !’ झ्वाट्ट सुन्दा अर्थ न बर्थको शब्द । तर शालीन भएर अर्थ लाउँदै जाँदा यसको अर्थ हुँदोरहेछ – लामो बाहुला भएको अर्थात् लामबाहुले ।

अहा ! कति सजिलो अर्थ । यसरी अर्थ लाउँदा ‘लामबाहुले’ को अर्थ त्यसभन्दा बढी लाग्नु नपर्ने । तर के गर्नु ? लाग्छ । भत्रेले भन्दिने र बुझ्नेले बुझिदिने भएपछि शब्दको अर्थ जे लाए’नि भो । भाषिक शब्दकोशले यस्ता अर्थलाई मान्यता दिनै पर्छ भत्रे केही छैन । मान्यतै दिए पनि नमानेपछि कसको के लाग्छ । नमान्दा कस्ता कस्ता कडा सजाय हुने कानुन त ‘बिचरा !’ बनेर कुना पस्न थालेका ठाउँमा एउटा सामान्य स्वभावको सीधासादा शब्दकोशलाई सबैले सर्लक्क मात्रु पर्छ भत्रे पनि केही छैन ? मान्दा हाकाहाकी पुरस्कृत हुने र नमान्दा स्वाट्टै सजाय होइहाल्ने पनि होइन । त्यही भएर बगलीमाराका साङ्केतिक भाषा जस्तो अर्काले चाल नपाउन्जेल यस्ता भाषा घुमुवा जासुसी पुलिसले सोझो देखिएर बजारमा चरे जस्तो निस्फिक्रीसँग चरिरहन्छन् । ढाँट्नेलाई ढाँटिरहन्छन्, आफ्नो दुनो सोझ्याइरहन्छन् । पहिचान खुलेपछि भने एकाएक कुलेलम ठोक्छन् र अर्कातिर गएर अर्का अर्थमा रमाउन थाल्छन् । अनि एकसाथ काम पनि भो दाम पनि भो । कति मज्जा ।

मेरा एक जना साथी बगलीफोन हातमा लिएर कसैसँग निर्धक्कसँग गफ गर्दै थियो । म सज्जन स्रोता बनेर सुन्दै थिएँ । साथीका मुखारबिन्दबाट ‘म भ्याउँदिन । भोलि साँझ मेरो एक ठाउँमा लामबाहुले कार्यक्रम छ’ भत्रे सुत्रेबित्तिकै मेरा दुवै कान ठाडा भए । यसो भनेर मेरा कान मङ्सिरमा झुलेका धानका बाला जस्ता सधैँ तलतिर लत्रेका हुन्छन् भत्रे अर्थ चाहिँ कदापि नलागोस्, कुरो त्यसो होइन । कान ठाडा हुनुको अर्थ हो कुनै पनि विषयमा थप जानकारी लिन खोज्नु । प्रस्ट हुन खोज्नु । जिज्ञासा मेटाउन खोज्नु । अर्थ नलागेका शब्द, विषय वा प्रसङ्गको अर्थ खोज्नु । चासो राख्नु । आदि आदि ।

यतिखेर म लामबाहुलेको अर्थ खोज्दैछु । मलाई थाहा छ मैले जानेको अर्थ अहिलेको प्रसङ्गसँग पटक्कै मिल्दैन । साथीलाई खुसुक्क कोट्ट्याउँछु । लामबाहुलेप्रतिको मेरो जिज्ञासामा उनी निकै मजासँग खुलेर हाँस्छन् । कुरो नबुझे पनि हाँसोको जवाफ म पनि हाँसैले दिन्छु तर कोट्ट्याउन भने छोड्दिन । अनि हाँस्तै सोधिरहन्छु, के हो लामबाहुले कार्यक्रम भनेको ?

उनको जवाफ हुन्छ- चिया चुरोटले मात्र चाकरी गर्छु भत्रे उहिलेको चलनचल्तीको दर्शन अब निकै पुरानो भयो । यसै भएर अब लामबाहुलेका दिन आए । यो चाकरीको नयाँ दर्शन हो । चाकरीको नयाँ सूत्र हो । चिया चुरोटले चाकरीमा पार्ने प्रभावभन्दा लामबाहुलेले पार्ने प्रभाव निकै दह्रो हुन्छ । निकै आडिलो हुन्छ । यसले एकआपसको आत्मीयता पछिसम्मका लागि दिगो बनाइदिन्छ । यो समय र परिस्थितिको माग हो । के गर्ने ! यसो काम परेका बेलामा गौँडागौँडीमा आफ्ना मान्छे भएनन् भने काम लिनै गाह्रो हुन्छ । त्यस्ता बेलामा लामबाहुलेले मान्छेलाई नजिक्याइदिन्छ । लामबाहुलेको सुईले शक्तिकेन्द्रलाई नरम बनाइदिन्छ । भौगोलिक दूरीलाई घटाइदिन्छ । राजनीतिक सीमाना र आस्था भत्काइदिन्छ । गुट उपगुटलाई थङ्न्याइदिन्छ । पदीय मान, मर्यादा र साँधसीमानालाई नजिक्याइदिन्छ । अनि सोझोलाई बाङ्गो र बाङ्गोलाई सोझो बनाउन के बेर । त्यही भएर यो लामबाहुले सूत्रलाई सबैले अनौठाकै चिजवस्तु र अचुक अस्त्र मान्छन् आज भोलि ।

उनका कुरा सुनेर म एकनासले टोलाइरहेको हुन्छु । मेरो अकमक्कता उनी बुझ्छन् र फेरि मलाई अथ्र्याउन थाल्छन् । बुझ्नु भो ? लामबाहुले कम्पोस्ट मल जस्तो बिस्तारै लाग्दै जान्छ । जतिसुकै गरे पनि, जतिसुकै खन्याए पनि एकचोटिको मात्रा यसलाई पर्याप्त हुँदैन । पटक पटकको निरन्तरतापछि मात्र यो विकासे धानको रोपो जस्तो गाँजिन थाल्छ । यसरी गाँजिएपछि यसले निकै लामो समयसम्म फल दिइरहन्छ । यो अवस्था हेरेर कहिले दोहोरो हुन्छ, त कहिले एकोहोरो मात्रै पनि ।

लामबाहुलेको अर्थ नखुलेर म दिक्किएको बुझ्छन् उनी । कस्ता कस्ता मान्छेको कस्ता कस्ता भाव बुझेर त्यही अनुसार उपचार र नयाँ दर्शन खोज्ने उनलाई मेरो यो सामान्य भाव बुझ्न कुनै अप्ठ्यारो परेन । उनी अगाडि भन्दै जान्छन्- बुझ्नु भो ? यो लामबाहुले भनेको कसैमाथि पहुँच बढाउने कुरा हो । कसैमाथि प्रभाव जमाउने कुरा हो । आपूm देखा नपरी र हात नदेखाईकन कसैलाई पकड्ने कला हो । ठेगान लगाउने तरिका हो । कसैलाई फसाउने जालो बुनाइ हो । यसको माध्यम भनूँ वा साधन हो – मांस र ‘मदिरा । अलिक चलनचल्तीको भाषामा भत्रुपर्दा मासु र जाँडरक्सी ।

यही रहेछ साथीको छाड्नै नमिल्ने पूर्वनिर्धारित लामबाहुले कार्यक्रम । बल्ल मेरो घैँटो जस्तो बुद्धिमा घाम लाग्यो । अनि सोचेँ- रात्रिकालीन घुरमैलो बस्ती । एकदुइटी सुन्दरीको झल्याकझुलुक उपस्थिति । मनले धारे हात लाए’नि ओठमा नाच्दै गरेको ओठे मुस्कान । प्रशंसाको पगरी र ‘आइस्योस्’, ‘लिइस्योस्’, ‘खाइस्योस्’ जस्ता भाषाको भट्ट्याइ । त्यसमाथि जुराउन सके अठहत्तर जोडीको एकसाथ म्यारिज । हो, यति भएपछि लामबाहुलेको खेती सधैँका लागि हराभरा । न किरो न फट्याङ्रो । दलबहादुरमाथि बलबहादुरको बर्चस्व । बुद्धिमाथि बर्कतको रजाइँ । कानूनमाथि नुनको नाच । हो, साँच्चै गजबकै रहेछ साथीको लामबाहुले दर्शन ।

उनी एकनाससँग लामबाहुलेको बखान गाइहन्छन् । उनी अगाडि भन्छन्- हेर्नुस्, यो लामबाहुलेको सङ्गतमा परेपछि कस्ता कस्ता मान्छेसँग भेट हुन्छ । कस्ता कस्ता मान्छेसँग बातचित हुन्छ । कस्ता कस्तासँग घुलमिल हुन्छ । तपाईं अनुमान नै लाउन सक्नु हुत्र । पत्याउनै सक्नु हुत्र । यो त गजबको चिज पो छ त । यसमा न कसैको केही छोइछिटो हुन्छ न के । यसको सङ्गतले आवश्यक परेका ठाउँमा बिस्तारै नङ्ग्रा फिजिँदै जान्छ । ‘फलानो ठाउँको फलानो सप्ताहमा भेटेका थियौँ नि’ भन्यो भने मुन्टो बटार्ने मान्छे ‘त्यो छ नि फलाना ठाउँको फलाना फलाना भएको लामबाहुले कार्यक्रममा हामी सँगै थियौँ नि’ भन्यो भने बटारिसकेको मुन्टो सर्लक्क सोझ्याएर ए ! सरी है भन्दै हात मिलाउन आइपुग्छ र भएभरका भलाकुसारीको भल बगाउन थाल्छ । आपसी सम्बन्ध स्वतः नवीकरण हुन्छ । थप झन्झट केही गरिरहनै पर्दैन ।

साथी हिमाल खुलेझैं खुलिरहेका बेला झर्को मात्रे कुरो पनि भएन । ए ! अँ अँ भन्दै गएपछि उनी अझै अगाडि बढाउँछन् आफ्नो बखानलाई । उनी थप्छन्- यसको क्षेत्र पनि व्यापक छ । बस्तीभित्रका कुरा गर्ने हो भने यसले छिमेकी छिमेकीका बीच बिग्रिएको आपसी समझदारी बढाइदिन्छ ।

कर्मचारीतन्त्रभित्रका कुरा गर्ने हो भने सरुवा, बढुवा र पदस्थापनका तगारा हटाइदिन्छ । कार्यालयभित्र भए अनेक प्रपञ्च मिलाएर लक्ष्मी निवास पुर्‍याइदिन्छ । सेवाग्राहीलाई पगालिदिन्छ । राजनीतिक क्षेत्रमा भए लुटलाई प्रश्रय र गुटलाई जुटमा टिकाइदिन्छ । यसले व्यापारमा प्रवेश गरे कालो बजारलाई सेतो गराइदिन्छ । चर्चा गरेर साध्य छैन यसको ? एक नम्बरीलाई दुई नम्बरी र दुई नम्बरीलाई एक नम्बरी बनाउन यसले कत्ति पनि बेर लाउँदैन ।

यस्तो कार्यक्रम छाडेर थाङ्नेमुङ्ने अरू कार्यक्रममा कोही लाग्छ ? यसमा त हजार काम छाडेर पनि लाग्न पर्‍यो नि होइन र ? त्यही भएर मैले प्रस्टैसँग ‘म भ्याउँदिन । भोलि साँझ मेरो एक ठाउँमा लामबाहुले कार्यक्रम छ’ भनेको नि भन्दै उनी लामबाहुलेको बखान र पुष्ट्याइँलाई अझ निरन्तरता दिँदै गरेका हुन्छन् । म चाहिँ उनका कुराले त्यसै त्यसै लठ्ठीएर भुसुक्क निदाएछु । बिउँझिँदा उनी लामबाहुले कार्यक्रममा गइसकेछन्, म भने जहीँको तहीँ ठण्डाराम । समय र परिस्थिति नबुझ्नेको गति यस्तै हुन्छ । अहिले पछुताएर के गर्नू ?

(युवामञ्च, २०७३ कार्तिक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x