सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाग नेपाली भाग !!

भनेर जा कि लुकेर जा, उडेर जा कि गुडेर जा, अम्रिका जा कि अफ्रिका जा, तर जा जा जा भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो । तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो ! भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ! !

Nepal Telecom ad

नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो
तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो,

राजनीतिको भूत आयो, विदेशीको दूत आयो
नेताजीको झुट आयो, नेपाली बीच फूट आयो
पार्टी पार्टी गुट आयो, गुट गुटको लुट आयो
हत्या हिंसा छुट आयो, पीडितलाई कुट आयो
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

लड्न जा कि पढ्न जा, बढ्न जा कि सड्न जा
जोड्न जा कि छोड्न जा, गर्न जा कि मर्न जा
आसा पनि लुटे तेरो, जा जा जा
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

नयाँ राष्ट्र गान आयो, परिवर्तनको भान आयो
कौवा लाने कान आयो, प्राण बलि दान आयो
जहर जलपान आयो, भ्रष्टाचार शान आयो
अपराधीको मान आयो, महंगीको घान आयो
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

उद्योग–व्यापार ताला आयो, तस्कर मालामाल आयो
पार्टी–पाठशाला आयो, टोल टोल मधुशाला आयो
ऋण डालाका डाला आयो, कर्तव्यच्युत अधिकारवाला आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

बेचेर जा कि छोडेर जा, मागेर जा कि चोरेर जा,

भनेर जा कि लुकेर जा, उडेर जा कि गुडेर जा,
अम्रिका जा कि अफ्रिका जा, तर जा जा जा
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ! !

०००

बत्तिसपुत्तली, काठमाडौं 

(वि.सं.२०७० मंसिर १ शनिवार प्रविष्ट गरिएकाे)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
छन त छ

छन त छ

चट्याङ मास्टर
काठमाडौं पुराण

काठमाडौं पुराण

चट्याङ मास्टर