साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के खबर छ शेयरबजारको ?

के खबर छ शेयरबजारको ? के भाउ छ लालसलामको ? जय नेपालदर के छ ? शहीद स्टक कति पुग्यो ? नेताको मोल के छ ?

Nepal Telecom ad

चट्याङ मास्टर :

के भाउ छ लालसलामको ? जय नेपालदर के छ ?
शहीद स्टक कति पुग्यो ? नेताको मोल के छ ?
के खबर छ शेयरबजारको ?

कसको सपना कति बिक्यो ? हकवाला दर के छ ?
सपना स्टक कति पुग्यो ? बिपनाको मोल के छ ?
के खबर छ शेयरबजारको ?

कति मूल्य छ न्याय र कानुनको ? ओहदाको दर के छ ?
आयोग स्टक कति पुग्यो ? त्यागीको मोल के छ ?
के खबर छ शेयरबजारको ?

कति पार्टीहरू नयाँ खुले ? शेयरको दर के छ ?
मन्त्री स्टक कति पुग्यो ? चुनावको मोल के छ ?
के खबर छ शेयरबजारको ?

के खबर छ शेयरबजारको ? के भाउ छ लालसलामको ?
जय नेपालदर के छ ? शहीद स्टक कति पुग्यो ?
नेताको मोल के छ ?

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
भवानी बराल
भवानी बराल
11 months ago

भाउ खस्क्यो लालसलामको
जय नेपालको मोल छैन
शहिद स्टक आउट
नेताको दरबन्दी आउट
न शेयर न गुद्री बजार ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x