साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टपति

खाँटी कुरा भ्रष्टपतिहरू नेपालमा धैरै जन्मिएका छन । ती पतिसंगै जन्मिएका श्रीमतीहरूलाई समेत भ्रष्टालयको व्यालेन्स हाउसमा लगेर प्रष्ट पार्ने काम गर्न सकिएन भने चर्चामा आएका नामहरू गुमनाम हुन सक्ने खतरा बढेर आउन सक्ने छ ।

Nepal Telecom ad

माधव पाेखरेल गाेज्याङ्ग्रे :

नेपाल देशे भ्रष्ट नेते घुशासन पेसे भ्रष्टाचारी नामाकरणे।

नेपालको नाक सगरमाथा भएकोले नेपाललाई सगरमाथाको देश भनेर पनि चिनिन्छ । नामले मात्र होइन कामले पनि सगरमाथा छोएको छ भन्दा कुनै फरक पर्दैन । किनभने नेपालमा हुने भ्रष्टाचारले सगरमाथालाई नाघेको छ । गोठालादेखि नेतासम्मका भान्सेहरू भ्रष्टाचारका विरुद्धमा भाषण ओकल्छन र आदर्शवादी कुरा गरेर कहिल्यै थाक्दैनन् । तर लुकेर उनीहरूनै भ्रष्टाचारमा लिप्त भएका छन् ।

कुरोको चुरो के हो भने नेपालमा अब एउटा यस्तो पद सिर्जना गर्नु पर्दछ कि सो पद सर्वाधिकार सम्पन्न होस ताकी मुलुकको कार्यकारी पदभन्दा पनि शक्तिशाली होस । नेपालमा माथिल्लो पदका रूपमा अहिलेसम्म राष्ट्रपतिलाई मानिन्छ भने अव भ्रष्टपतिलाई सबैभन्दा ठूलो पद मान्नुपर्ने कानून बनाउन सम्बन्धित निकायले कान ठाडो पार्नु पर्दछ । प्रधानमन्त्री कार्यकारी पद हो भने अब भ्रष्टपतिलाई खार्यखारी पद दिएर सम्मान गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । नेपालमा आटे के हुँदैन भन्ने सिद्धान्तलाई अङ्गिकार गरेर काम गरेका खण्डमा भ्रष्टपति पद सहजै सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ भ्रष्टाचारीहरूले नै काम गर्नु उचित हुन्छ । किनभने भ्रष्टाचारीहरूले चुनाव लड्न पाउनु पर्छ भन्नेहरू महाभ्रष्टाचारी भएकोले नेपालमा उनीहरूको बोलवाला हुनु पर्दछ ।

भ्रष्टपति कसरी जन्मिए भन्ने कुरामा जानुभन्दा पनि अब नेपाली राजनीतिमा होस् वा प्रशासनिक क्षेत्रमा होस् । यी प्रत्येक कार्यालय वा मन्त्रालयका हुन वा प्रत्येक निर्वाचन क्षेत्रका अधिपति भएर हुन वा कुनै रूपले भ्रष्टपति नामाकरणबाट अघोषित रूपमा विभुषित हुन ती सबैलाई अब अलकत्राको भान्सामा सरिक गराउनु पर्दछ । काउँ कुठाउँ अति गरेर मुलुकको छातीमा कुल्चिएर क्षती पुऱ्याउनमा सधैं तल्लिन हुने हिलेका शुन्य पतिहरू अहिले सयपति हुँदै हजारपति, लाखपति, करोडपति बाट बरब, खरवपति समेत भएका छन । अरुभन्दा पनि उनीहरूलाई मानमाथिको मान क्तमान चाहिएको थियो र त्यो पनि भ्रष्टपति जस्तो मुलुककै सबैभन्दा ठूलो र हिलेसम्म कसैले पनि पाउन नसकेको मानभन्दा पनि ठूलो सम्मान पाउनु हाम्रो बगि खुशीको कुरा हो। छोटो अर्थमा भन्नु पर्दा भ्रष्टाचारीले सम्मान पाउनु मुलुकका लागि साह्रै खुशीको कुरा हो ।

राजनीतिक स्तरदेखि प्रशासनिक स्तरसम्म र चिया पसलदेखि सिया पसलसम्म यसको चर्चाले सगरमाथा नाघेको कुरा मैले अघि नै फलाकी सकेको छ। सुराकीहरूले यी कहलिएका पतिहरूको क्षति गर्नका लागि, लागी परेको भए पनि चारआना पनि सफलता पाउन सकेको बुझिदैन ।

अब यी भ्रष्टपतिहरूलाई तह लगाउन कसले पहल गर्ने त भन्दा पतिका श्रीमतीहरूलाई भन्ने हो भने उनीहरूले आफ्ना पतिलाई यख-व्यास्ति पारेर भ्रष्ट बनाएका छन । पतिले श्रीमतीको कुरा नमान्ने हो भने भोलिदेखि चुल्हो नै बन्द गरेर सडकमा उत्रेलान र नारा जुलुस लाएर मेरो पतिले भ्रष्ट मान पदवी पाउनु पर्छ भन्दै सरकारको ध्यानाकर्षण गराउँछन । आवश्यक भौतिक मरमसला खर्चको जोहो गर्न, दोहोरी सांझ धाउन, रेष्टुरेन्ट जान पाउँदैनन् । अनि सरकारका विरुद्ध अदालतमा मुद्दा हाल्छन र पतिलाई महान मान्छे बनाउनका लागि अनेक प्रकारका उपायहरू खोजि गर्छन। अर्थात एक प्रकारले सोच्ने हो भने पतिलाई भ्रष्ट बनाउन श्रीमतीहरूले नै सुऱ्याई रहेका हुन्छन भन्दा कुनै फरक पर्दैन। साँच्चै भन्ने हो भने अव भ्रष्टपतिका श्रीमतीहरूले आफ्‌नो स्वार्थ पुरा गर्नका लागि र आफ्‌नो आन्दोलन सफल बनाउनका लागि भ्रष्टपति श्रीमती सङ्घ खोलेर अघि बढेका खण्डमा पछि हुने वा आइपर्ने समस्याहरू समेतबाट मुक्ति पाउने कुरामा म विश्वस्त छु ।

तर एउटा कुरा के हो भने कतिपय भ्रष्टपतिका श्रीमती ज्यूहरूले पतिले कसरी यत्रो धन आर्जन गरेका छन भन्ने कुराको भेउ समेत पाउँदैनन् । जागीरे श्रीमान भनेका छन् आकाशवाट झर्छ भन्ने सोचमा बसेर पतिले ल्याएको खर्च गरेका छन । यदि श्रीमतीहरूले आ आफ्‌ना पतिहरूलाई भ्रष्ट नहुन सुझाव दिएर कार्यवाही गरे भने केही हदसम्म भए पनि पतिहरूको अगाडि लागेको उपमा भनौं वा पदवी झुण्ड्याउने मौका पाउँदैन थे होलान् । तर पतिहरूलाई भ्रष्ट बनाउनमा केही हदसम्म भए पनि श्रीमतीहरूको हात हुन्छ भन्दा झुठो ठहरिदैन । पतिले जम्मा गरेको अकुत स्वार्थको पोकोलाई गरीब माइतीले दिएको उपहार वा दाइजो भनेर डॉटछल गर्न माहिर श्रीमतीहरूले कुनै कसर बाँकी राखेका छैनन् । त्यसरी ढाँटछल गरेर लुकाउने श्रीमतीका पतिहरूनै यो मुलुकका भ्रष्टपति हुन भनेर ठोकुवा गर्न सकिन्छ । र वास्तविक कुरो पनि यही हो भन्दा सबैले हो मा हाँ भनेर जोरजाम का साथै होस्टेमा हैंस गरेर समर्थन जनाउँछन् ।

इमान्दार श्रीमतीका भ्रष्टपतिहरूले साँच्चै भन्ने हो भने आफ्नै श्रीमतीहरूलाई झुक्याएर ढटिर छलेर भ्रष्टश्रीमती बनाएको कुरा चाहिं उनीहरूले बिर्सेको जस्तो छ। यदि यो कुरा ती भ्रष्टपतिका श्रीमतीहरूले थाहा पाए भने नेपालमा अर्को उत्पात नमच्चिएला भन्न सकिन्न । यसको प्रभाव सडकदेखि सदनसम्म र घरदेखि अड्डासम्म पर्न सक्ने कुरामा म सोहै आनाको साटो बत्तिसै आना विश्वस्त छु । कतिपय माननीयका श्रीमती ज्यूहरू आफूले नसके पछि मान्छे लगाएर भए पनि आफ्नो श्रीमानको कालो कर्तुतलाई गोरो पार्न लाग्छन भने कतिपय चांहि गोरो कर्तुतलाई कालो पारेर आफै नाङ्गिने गरी श्रीमान को बचाउ गर्छन् । नेपाल न हो विश्वमा नहुने अद्भुत कुराहरू यहाँ हुन्छन् र भैरहेका पनि छन् ।

नेपालमा विश्वमा नहुने र नभएका कुराहरू हुने भएकोले पनि विश्वका मानिसह पर्यटन प्रवर्द्धनका लागि भनौं यहांको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका विविध पक्षका अवस्था अध्ययन गर्न आउँदा सहजै रूपमा यस्ता कुराहरू जानकारी पाउँछन । उनीहरूले जानकारी पाएको कुरा आ-आफ्ना मुलुकमा गएर प्रचार प्रसार गरे पछि त झन् स्पष्ट रूपले भ्रष्टहरूको अनुहार प्रष्ट हुने गरेको पाइन्छ ।

खाँटी कुरा भ्रष्टपतिहरू नेपालमा धैरै जन्मिएका छन । ती पतिसंगै जन्मिएका श्रीमतीहरूलाई समेत भ्रष्टालयको व्यालेन्स हाउसमा लगेर प्रष्ट पार्ने काम गर्न सकिएन भने चर्चामा आएका नामहरू गुमनाम हुन सक्ने खतरा बढेर आउन सक्ने छ । यो कुरा सबैमा चेतना भया। यदि चेतना नभएमा अहिलेको परिवर्तित समय अनुसारको व्यवस्थामा समेत भ्रष्टपतिहरूले जीवन भरिका लागि चौका चुल्होमा बसेर मौका पाइरहने कुरामा यो गोज्याड्ग्रे अनुमानित छ ।

नेपाल देशे भ्रष्ट नेते घुशासन पेसे भ्रष्टाचारी नामाकरणे इति भ्रष्टपति, महिमा प्रथमोध्याय समाप्तम् ।

०००

शब्द सयोजन (२०७४ आश्विन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x