साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेलामा अब जान्न म

हल्ला गर्दै थिए मान्छे, दाम चढाउनेहरू विघ्न मच्चाउँदै भागे, काम बढाउनेहरू । मान्छे झुक्याउने भेला, भो पुग्यो अब जान्न म व्यभिचारी ‌र पापीले, दिएको पनि खान्न म ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

केही मान्छे थिए जम्मा, भेला बन्यो निकै घना
यथार्थमा तिनै मान्छे, नाङ्गा देखेँ सबै जना ।१

देखिन्थ्यो बाहिरी वस्त्र, तर नाङ्गा कठै उनै
शान देखाउने मध्य, बोल्दा बाङ्गा थिए कुनै ।२

केही मान्छे थिए बेस, उपद्रो भिडमा पनि
कठैबरा थिए चुप्प, उपस्थित हुँदा पनि ।३

सहभागी अधिकांश, भद्रको स्वाङ रच्दथे
तिनै लुट्ने कुरा गर्दै, कसैका कान भर्दथे ।४

वर्षौ निन्द्रा नपर्नेले, सुत्ने सूत्र बताउँथ्यो
सभाका बीचमा उँघ्ने, चुस्त बन्न सिकाउँथ्यो ।५

हल्ला गर्दै थिए मान्छे, दाम चढाउनेहरू
विघ्न मच्चाउँदै भागे, काम बढाउनेहरू ।६

मान्छे झुक्याउने भेला, भो पुग्यो अब जान्न म
व्यभिचारी ‌र पापीले, दिएको पनि खान्न म ।७

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x