साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १०

उहाँहरुले देशको विकास गर्न अझै केही वर्ष बाँकी नै छ। नत्र विदेशमा रहेका नेपालीहरुले विदेश बनाइसकेपछि विदेश नै बसाइँ सरेर विदेश नै हामीले बनाएको देश भन्न पनि उहाँहरुलाई अधिकार छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क)

यही मंगलबार बिहान सुतिरहेको बेला ड्वाङ केही ढले जस्तो आवाज सुनियो। म झसङ्ग भएँ। दायाँबायाँ नगरी के रहेछ भनेर सामाजिक सञ्जाल हरिहालें। किनकि अहिले जे भए पनि सामाजिक सञ्जालमा नै आउने हो, त्यहीँ देख्ने हो। पूर्ण रिजाल गुरुको पोस्ट सुरुमा नै भेटियो। कुरो रहेछ प्रचन्न कम्रेड कम्जोर भएको कारण कम्बोटमा ढल्नुभएको।

नाताले काका, उमेर पनि झन्डै ७० खाका प्रचन्न बा ढलेको कुरा थाहा पाए पछि चिन्ता बढ्यो। केही असत्तीले रिप पनि लेखेछन्। तर रिपको अर्थ खराब रहेनछ “रिकभर प्लिज” भन्ने सकारात्मक अशयका साथ लेखिएका कमेण्टलाई गलत बुझ्ने त कुरै भएन। गंगा बहिनीको स्टाटुस पनि आइहाल्यो। भारत चीन अमेरिका सबै तिर हल्लाखल्ला भो। अमेरिकाले एक टाँका भारतले एक टाँका र चीनले एक टाँका गरि जम्मा तीन टाँका लगाएपछि उहाँ अहिले सकुशल हुनुहुन्छ भन्ने सुनियो।

उहाँ बाथरुममा ढल्नुभयो भनेर सबै भन्दा पहिला स्टाटुस चाहिँ माननीय योगेशले राख्नुभएको रहेछ। जे होस् गणतन्त्रको नेतृत्व गरेका नेता ढल्दा देश विदेशमा यतिको चिन्ता, चियो, चर्चो, चासो हुनु स्वाभाविक हो। ठूला नेता भरसक नढलुन् । उहाँहरुले देशको विकास गर्न अझै केही वर्ष बाँकी नै छ। नत्र विदेशमा रहेका नेपालीहरुले विदेश बनाइसकेपछि विदेश नै बसाइँ सरेर विदेश नै हामीले बनाएको देश भन्न पनि उहाँहरुलाई अधिकार छ। टाउकोमा लगाइएका टाँकामा इन्फेक्सन नहोस्, शुभेच्छा।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x