साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्छन् सबै खुराफात

माने मात्र भेटिन्छ असल साम्यवाद मन्दिर, मज्जित, चर्च, गुम्वा धाएर भाइभाइ लडाएर सिमा विवादमा पारी दुनियाको मराएर आउदैन साम्यवाद नगर यो खुराफात ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

देखेको पनि सत्य नहुन सक्छ
आँखालाई पनि त भरम पर्छ
अरूले भनेको सबै विश्वास
कसरी गरौँ म

पृथ्वी भन्दा टाडा कतै स्वर्ग छ
भनेको सुन्छु
मनले बिचार गरेर गुन्छु
को गएर आयो स्वर्ग पुगेर ?

त्यसैले म त भन्छु स्वर्ग र नर्क
म आफै हुँ
अरूले आहा भन्ने कर्म गर्न सकेमा
म नै स्वर्ग हुँ
सबैको नजरमा छिछी बनेमा म नै स्वयम् नर्क हुँ

त्यसैले म भन्छु यो पृथ्वी भन्दा अर्को लोक कहाँ छ र ?
जानेमा स्वर्ग हो आफ्नै घर
अन्त स्वर्ग खोजेर कहाँ मिल्छर ?

माता पिता भन्दाठूलो अर्को ईश्वर कहाँछ र
भौतारिन्छौँ तिमी ईश्वर खोज्न ओरपर

ठान्दछौ देवको घर हो मन्दिर
पिता भन्दा ठूलो मूर्ति र
घर भन्दा ठूलो हैन मन्दिर
धाउन पर्दैन कुनै मन्दिर
माता पिताको बुझेमा पिर

नसोध मलाइ कुन धर्म मान्छौ भनेर
के ईश्वर पनि धेरै हुन्छ र
एकै हो यो धर्म भन्ने
संसारमा जति छन् मानव
हिन्दु,मुस्लिम, बुद्धिस्ट, इसाइ
यी व्यापारी हुन सबका सब

धर्मको नाम जपेर
आफू पनि ठगिदैन र
कसैलाई ठग्दैन म त
हिन्दु,मुस्लिम, इसाइ, बुद्धिस्ट
कसैलाई देख्दैन म त
एकै मानवमात्र देख्दछु सब

मेरो बिचार त यस्तो छ
यो संसार सिमा विहिन हुनपर्दछ
मान्छेको जात तिनवटा हुन्छ्न् भन्ने
मान्न पर्दछ
एक नारी दोश्रो पुरुष तेश्रो जात
नपुङ्सक

एक देश एक धर्म तीन जात
माने मात्र भेटिन्छ
असल साम्यवाद
मन्दिर, मज्जित, चर्च, गुम्वा
धाएर
भाइभाइ लडाएर
सिमा विवादमा पारी दुनियाको
मराएर
आउदैन साम्यवाद
नगर यो खुराफात ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x