साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी थाहा पाउनुभो ?

बनेका ती नियमहरूलाई लागू नै गर्न बाँकी छ, लागू नियमअनुसारको कार्यान्वयन झन् बाँकी छ !! आत्तिएर सोधें मैले, “नेताजी, के तपाईंले घूस खानुभो ?" सोधे नेताले भई नम्र, "कसरी थाहा पाउनुभो ?!"

Nepal Telecom ad

चट्याङ मास्टर :

मैले भनें, ‘नेताजी, तपाईले घूस खानुभो?”
उहाँले सोध्नुभो, “कसरी थाहा पाउनुभो ?”
मैले सोधे, ‘नत्र यत्रो घर कसरी बनाउनुभो ?”
तर नेताजी त ज्यादै ‘सेन्सिटिभ’ हुनुहुँदोरहेछ
तुरुन्तै उच्चस्तरीय छानबिन आयोग गठन गराउनुभो !!

आयोगलाई अत्यावश्यक सप्पै सुविधा दिलाउनुभो,
आफ्ना भाइभतिजालाई काम चाँडै मिलाउनुभो !!
प्रतिवेदनमा छलफल गर्न ठूलै गोष्ठी बोलाउनुभो,
तर नेताजी त ज्यादै ‘ओपन माइन्डेड’ हुनुहुँदोरहेछ-
प्रधानमन्त्रीबाट उद्घाटन र न्यायाधीशबाट विमोचन गराउनुभो !!

सहभागी बुद्धिजीवी र गण्यमान्य सब आउनुभो,
कत्राकत्रा तर्क सिद्धान्त ! पाँचतारे सजाउनुभो !!
एउटा जाबो केस के हेर्नु ? सिङ्‌गै देश केलाउनुभो !!
तर नेताजी त ज्यादै ‘बोल्ड’ हुनुहुँदोरहेछ-
विधेयक बनाउनुपर्ने प्रस्ताव उहाँ आफैले लेराउनुभो !!

आयोगको लम्बियो आयु, विधेयक बनाउनुपर्ने भो,
बन्यो विधेयक, छलफल गर्न संसद बोलाउनुपर्ने भो !!
न संसद् छ अब काम गर्न, चुनाव गराउनुपर्ने भो,
तर नेताजी त ज्यादै ‘कटिबद्ध’ हुनुहुँदोरहेछ
चुनाव बिथोल्नेतर्फ अब आफै लाग्नुभो !!

संसदीय व्यवस्थामा संसद् नै अवरुद्ध भो,
जनताकै सरकारदेखि जनता झन् क्रुद्ध भो !!
विधेयक पास भएकै छन, नियम झन् बन्न बाँकी छ,
बनेका ती नियमहरूलाई लागू नै गर्न बाँकी छ,
लागू नियमअनुसारको कार्यान्वयन झन् बाँकी छ !!

आत्तिएर सोधें मैले, “नेताजी, के तपाईंले घूस खानुभो ?”
सोधे नेताले भई नम्र, “कसरी थाहा पाउनुभो ?!”

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भवानी बराल
भवानी बराल
9 months ago

नेताजी तपाइले घूस खानु भो ?
आमाको रगत कसरी खानु हो
यत्रो घर चैं कसरी बनाउनु भो
पुर्ख्यौली सम्पत्तिको जोगाड हो
शोषक पूर्खाले दिएको भोगाइ भो ।

Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
1
0
Would love your thoughts, please comment.x
()
x