पिँडालु पण्डितचाकरी कुर्चीको मीठो
चखन्चीको मीठो घीउ रस मीठो छ लिच्चीको चम्चीको औषधि मीठो वाणी मीठो छ छुच्चीको । राग मीठो छ लुच्चीको साग मीठो मेलम्चीको बुच्चीको नक्कलै मीठो मीठो लेखनी कुचीको ।

चिया मीठो छ मेचीको र अर्घाखाँचीको पनि
अलैँचीको मीठो स्वाद चिचीको त झनै अनि ।।
बाबर्चीको मीठो हात ताल मीठो तबल्चीको
कैँचीको स्वाद झन् उल्का बात मीठो नगर्चीको ।।१।।
डेक्चीको हलुवा मीठो पोक्चीको पाखुरा मीठो
मीठो स्वाद मिठै हुन्छ रुचिको स्वाद झन् मीठो ।।
मीठो हिँडाइ फुच्चीको र बोली बच्चीको मीठो
साँच्चीको रमिता मीठो यात्रा मीठो कराँचीको ।।२।।
घच्चीको खसी क्या मीठो कच्चीको कर्कलो मीठो
कानुनचीको कुरा मीठो चिकित्सा राँचीको मीठो ।।
बेखर्चीको मीठो खल्ती झोल मीठो छ गैँचीको
ठट्टा मीठो खेलाँचीको खाँचीको सीप क्या मीठो ।।३।।
चखन्चीको मीठो घीउ रस मीठो छ लिच्चीको
चम्चीको औषधि मीठो वाणी मीठो छ छुच्चीको ।।
राग मीठो छ लुच्चीको साग मीठो मेलम्चीको
बुच्चीको नक्कलै मीठो मीठो लेखनी कुचीको ।।४।।
मीठो पेशा खजान्चीको हतारो होचीको मीठो
मीठो गनगन ग्याँचीको सिलसिला सूचीको मीठो ।।
बखेडा पेचीको मीठो रडाको घुच्चीको मीठो
सबैभन्दा मलाई ता चाकरी कुर्चीको मीठो ।।५।।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































