साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाप्रलय !

निमेषमै लान्छ बचेको देख्ने कोहि त हुँदैन बचेको केही त हुँदैन प्रलय पछि मरुभूमि रहँदैन पहाड रहँदैन नदि पनि रहँदैनन् यो धरा रहँदैन जीवनको त कुरै छोडौँ । तै पनि इतिहास आइरहन्छन् वृतान्त आइरहन्छन् ।

Nepal Telecom ad

महाप्रलय !
हावाले रुख हल्लिएनन
रुख हल्लाएर आधी ल्याउने कुरा भयो
आगो बिनाको धुवा देखाउदै
आगो आतंक आयात भयो ।
महाप्रलयको आतंक आयो ।

प्रलय र महाप्रलय
निमेष भर आउँछ
निमेषमै लान्छ
बचेको देख्ने कोहि त हुँदैन
बचेको केही त हुँदैन
प्रलय पछि मरुभूमि रहँदैन
पहाड रहँदैन
नदि पनि रहँदैनन्
यो धरा रहँदैन
जीवनको त कुरै छोडौँ ।
देख्ने पनि कोहि हुँदैन ।
प्रलयस्थलको त कुरै छोडौँ ।
तै पनि इतिहास आइरहन्छन्
वृतान्त आइरहन्छन्
प्रलय र महाप्रलयको
टुइटा र पोस्टहरूमा
आकाशे तरङ्गहरूमा ।

कथा हाल्नु न हो
प्रलय र महाप्रलयको साक्षीनै को हुन्छ र !
हिजो एउटा बृद्ध-बालक समथर छिचोल्दै
हिमालको झरनामा पाप पखाल्न दौड्यो
महाप्रलयका इतिहासकारहरूले
आगो ओकल्ने वकासुर आयो भने
रुख हल्लाउदै आधी आयो भने
सप्काको धुवा देखाएर प्रचण्ड अग्नि ज्वालाको कथा हाले ।

प्रलय आयो भने
महाप्रलय आयो भने ।
त्यो प्रलयमा हिमाल किन बाँचेको छ भनेनन्
यो प्रलयमा हिमाल कसरी स्वतन्त्र बाँची रहेको छ भनेनन्
स्वतन्त्रता कसरी बाँच्दो रहेछ भनेनन् ।
यो प्रलय होइन भन्न पनि सकेनन् ।
कथ्नेहरूले सत्य यो हो पनि भनेनन् ।

१० मे २०१८ जावलाखेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ह्यापी निउ इयर है

ह्यापी निउ इयर है

कृष्ण उपाध्याय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x