साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लात

यहाँ लात हान्ने जत्ति छन् सहने पनि त्यत्ति नै छन् । पुलिसले बेला-बखत लात चलाए पनि नेताहरू हरबखत लात चलाइनै रहेका हुन्छन् ।

Nepal Telecom ad

आमाको गर्भमा छँदा पाँच महिनादेखि नै लात चलाउन सिकेका हौ हामीले । नौ महिनासम्म आमाको पेटका कुना-काप्चामा कति चोटि लात चलायौं होला त्यसको साक्षी एकमात्र आमा नै हुन्छन् । एकजना महान् नेताकी आमालाई एकपल्ट तपाईका नेता छोरा गर्भमा हुँदा कस्तो लात चलाउँथ्यो भनी सोध्दा नेताकी आमाले यसरी उत्तर दिएकी थिइन्- “मेरो चार भाइ छोराहरूमध्ये यी नेता छोरालेजस्तो पेटमा लात कुनै छोराले चलाएन होला । कहिले पानी पेटसम्म ता कहिले आगो पेटसम्म लात चलाउऩे । कुनै कुनै बेला ता मुटुको छेउसम्म लात चलाएर मलाई बसिसक्नु पार्दैन्थ्यो नानी ! अहिले नेता हुनलाई रैछ….नाथुले पेटदेखि नै लात चलाउन थालेको ।”

फेरि सोधेँ, “अन्त, नेताआमा तीन जना छोरीहरूले चाहिँ लात चलाएन तपाईंको पेटभित्र ?”

नेताआमाले मिठाइलो भाषामा जवाफ दिइन्- “गर्भमा छुँदा खुट्टा नचलाउने कुन नानी होला ? तर मेरा चार भाइ छोराहरूमध्ये यो नेता छोरालेजस्तो कुनै छोराले लात चलाएन । माइँलाले बेला-बेला मात्र लात चलाउँथ्यो…अहिले यो पुलिस अफिसर भएको छ । साइँलाले आक्कलझुक्कल लात चलाउँथ्यो…यो अहिले हाईस्कूलको हेडमाष्टर भएको छ । अनि कान्छाले लात चलाएको त्यति याद छैन…। यसले बेला-बेला हात चलाउँथ्यो, यो अहिले पत्रकार भएको छ ।
गर्भदेखि नै हामीले लात हान्ने कला सिकेर आएका हौं । यसैले सबै लात हान्न सिपालु देखिन्छ । यहाँ लात हान्ने र लात खानेहरूको संख्या थोर छैन । सबका सब लात हान्नमा पोख्त । यहाँ खुट्टा घुमाउन सकिन्छ भन्ने लात हान्नुपर्छ । लात हान्नमा मान्छे र पशुप्राणीमा केही फरक र भिन्नता पाइन्न । हामी आमाको कोखैदेखि लात चलाउँदै भूमिष्ठ भएका हौं । गाई-घोड़ाका बछेड़ा लात हान्नमा जण्डा हुन्छन् । दूध दुहुँदा गाई वा भैंसीले लात चलाएर दूध दुहुनेलाई उत्तानुचित पारेको पनि नदेखिएको होइन ।

संस्कृतको स्त्रीलिङ्गी शब्द ’लात’को शब्दकोशीय अर्थ हुन्छ, खुट्टाले कसैलाई हिर्काउऩु, पाद-प्रहार, पाउ, चरण, खुट्टो, पद, खुट्टाको हिर्काइ, लात्ती, लात्तालात, लात्तालात्ती, एक अर्काले लातले हानाहान गर्ने काम, लातका लात ।

यहाँ लात हान्ने जत्ति छन् सहने पनि त्यत्ति नै छन् । पुलिसले बेला-बखत लात चलाए पनि नेताहरू हरबखत लात चलाइनै रहेका हुन्छन् । संसारको नेताको अवस्थाबारे मेरो ज्ञान केही छैन तर हाम्रा यताका नेताहरू सोझा सिधा जनतालाई लात हान्छन् भने यी नेताहरूलाई फेरि उनीहरूलाई नचाउनेहरूले लात हानिरहेका छन् तर जतिनै लात हाने पनि हाम्रा यताका नेताहरू लात सहन खप्पीस भएका छन् ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x