साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो आयो विकास आयो

ताल बेतालका भाइरस आयो जानी नजानी सातो खायो सत्य हरायो छलछाम आयो आयो आयो विकास आयो ।

Nepal Telecom ad

आयो आयो विकास आयो
सपना चुँड्ने विपना आयो
अनुहार एउटा आत्मा अर्को
बोली विपरीत व्यवहार आयो
माहुरी खोज्दा छेपारो आयो
रङ्गीबिरङ्गी रूप देखायो
दिन अँध्यारो रात उज्यालो
मुक्कामुक्की शान्ति आयो ।

बाख्री हरायो मटन आयो
कुखुरा हरायो चिकेन आयो
जनै हरायो ममचा आयो
छोयला कचिला भुटन आयो
ताल बेतालका भाइरस आयो
जानी नजानी सातो खायो
सत्य हरायो छलछाम आयो
आयो आयो विकास आयो ।

चुपचाप बस्ने वार्ता आयो
सहमति छल्ने कर्ता आयो
कामबिनाको नारा आयो
सबतिर छर्ने चारा आयो
ह्याउबिनाको भाले आयो
दिनभर सुत्ने पाले आयो
लौन नि अब के आयो आयो
अरू के हुन्थ्यो विकास आयो ।

पक्ष अनुसार शिक्षा आयो
गच्छे अनुसार भिक्षा आयो
स्वास्थ्य हरायो डाक्टर आयो
घरखेत उड्ने हिसाब आयो
कुनि के कुनि के बैठक धायो
कुर्लनु कुल्र्यो दिन कटायो
कुरा चपाउने कला आयो
चुरा फकाउने गला आयो
लौन नि अब के बेला आयो
आयो आयो विकास आयो ।

भन्छन् कलि यो नक्कली आयो
सबतिर छल्ने अक्कली आयो
कटकट बज्ने नोट ल्यायो
भटभट भज्ने भोट ल्यायो
वरको परको ल्याप्चे लायो
बाहिर चोखो बात भट्यायो
कुहिँदै नकुही स्वाट्ट गनायो
खुसुक्क अत्तर खोज्यो खन्यायो
ताक परे तातो नपरे चिस्सै
आयो आयो विकास आयो ।

(गोकर्णेश्वर न.पा.ले  चैत १८, ०७८ माआयोजना गरेको बृहत् हास्यव्यङ्ग्य कविता प्रतियोगितामा

सान्त्वना पुरस्कारद्वारा पुरस्कृत ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x