साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टर

डाक्टर धेरै प्रकारका हुँदारहेछन् ...त्यो ता मलाई पनि थाहा थिएन । मान्छेका डाक्टर, पशुका डाक्टर अनि शोध गरेर बनेका डाक्टर । नेपालमा वाहन चालक (ड्राइभर)लाई ’गुरुजी’ भन्दारहेछन् ।

Nepal Telecom ad

कुनै एकजना प्रख्यात साहित्यकारले महाविद्यावारिधि उपाधि हासिल गरेपछि आफ्नो नामको अगाडि़ डाक्टर लेखी घरको ठूलो फाटकमा नेम प्लेट झुण्ड्याएछन् । एकदिन राति बाह्र बजेतिर उनकै गाउँलेहरूले उनको ठूलो फलामे फाटक ठटाउन थालेछन् । उनकी श्रीमतीले माथ्लो तलाबाट के भयो भनी सोध्दा तलबाट जवाफ आएछ- ‘गुरूमा ! हेर्नोस् न मेरी श्रीमती भुँड़ी दुःखेर फत्रक्क-फत्रक्क परिसकी । डाक्टर साहेबलाई एकक्षण लिएर जाउँ भनेर आको ।’

गुरूमाले माथिबाटै जवाफ दिइछन्- ‘हाम्रो सर बिरामी हेर्ने डाक्टर होइनन् उनले ता साहित्यमा अनवरत् योगदान पुऱ्याए भनेर पो डाक्टर उपाधि पाएका हुन् ता ।’

डाक्टर धेरै प्रकारका हुँदारहेछन् …त्यो ता मलाई पनि थाहा थिएन । मान्छेका डाक्टर, पशुका डाक्टर अनि शोध गरेर बनेका डाक्टर । नेपालमा वाहन चालक (ड्राइभर)लाई ’गुरुजी’ भन्दारहेछन् । हामी यता शास्त्रका ज्ञातालाई ’गुरुजी’ भन्छौं । बिहारतिर स्कूल पढ़ाउने शिक्षकलाई ‘माष्टर’ भन्दारहेछन् । हाम्रो यतातिर सबै माष्टर । लुगा सिलाउने पनि माष्टर, स्कूल पढ़ाउने पनि माष्टर । सर्कसमा बाघ, भालु, हात्ती आदि जनावरलाई तालिम गराउनेलाई पनि माष्टर । नर्सिङ होम वा अस्पतालमा कार्यरत परिचारिका, नर्सहरूलाई ‘सिस्टर’ भन्छौं हामी यता । सोह्र वसन्त टेकेकी झरझराउँदी नर्स पनि ’सिस्टर’ अनि प्रेशर कुकरमा हाल्दा दश-बाह्र सिटीमा नपाकेर सुपारी र सोड़ा हाली पकाउनु पर्ने नर्सलाई पनि ’सिस्टर’ । आहा ! कति मजाइलो कुरा ‘सिस्टर’ हुनु भन्या । फेरि कतिले ता नर्सलाई ‘नस्नी बहिनी’ वा ’नसनी दिदी’ भनेको पनि सुनिन्छ । यी नर्सहरू कहिल्यै ‘नसनी बोज्यू’, ‘नसनी सासू’ हुँदैनन् जहिले पनि ’सिस्टरको सिस्टर’ अनि नसनीको नसनी नै । बाघको मुख खाए पनि रातो नखाए पनि रातो । मुहार पन्ध्र ठाउँ मुजा परे पनि ’सिस्टर’ । नामै एभरग्रीन ।

वाहन चालकलाई ‘गुरुजी’, शिक्षण पेशाबाहेक अन्य पेशामा संलग्न हुनेलाई ‘मास्टर’, नर्सलाई ‘सिस्टर’ भने झैं अब ता हाम्रा नेता महोदयहरूलाई पनि ‘डाक्टर’ भनी बोलाउनु पर्ला । कारण मलाई ता लाग्छ नेता भनेको नै सानातिना डिस्पेन्सरीदेखि लिएर बड़े-बड़े राजनीतिक क्लिनिकका डाक्टर मात्र होइनन् सबै विषयकै जण्डा डाक्टर हुन् । राजनीतिक दाउपेंचको सेमेसरजामले अप्रेशन गर्न यिनीहरू खप्पीस हुन्छन् । भ्रष्टाचारको अप्रेशन गर्नु उनीहरूको निम्ति दाहिने हातको काम हो भने एबोर्सन ता देब्रे हातको काम । नेता डाक्टर काट्मार गर्नमा सिपालु हुन्छन् ।

यी नेताहरूले नजानेका केही हुँदैनन् । डाक्टर नेताहरूका सामु बड़ेबड़े वैज्ञानिक, विद्वान्, भूतत्त्वविद्हरू सबै फेल । एकजना नेतालाई उनकै धूपौरेले ‘सर ! हजूरको नाममा एफबी (फेसबुक)मा के के लेखेको छ’ भनेर पोल हाल्दा नेता महोदयले गम्भीर भावमा मुस्कुराउँदै तुरुन्तै जवाब दिए, ‘लाखेस्….लाखेस् दाउ मात्रै परोस् न यो एफबीलाई कुनै दिन च्यात्चुत पारिदिन्छु । त्यो तल्लो मुन्सी गाउँको एफबी होइन ?’

एकजना बाठे धूपौरे प्याच्चै बोल्यो, ‘होइन सर मुन्शी गाउँको । एफबी भनेको फेस बुक हो सर ।’
नेताको जवाब, ‘नसिकाऊ न हरिश सर मलाई नसिकाऊ । एफबी होस् कि फेस बुक होस् हेर न मलाई रिस उठेको दिन चैं दुवैले भाग्ने चान्स पाउँदैन नि फेरि ।’

त्यस्तै बिहारमा एकजना अनपढ़ नेता एमएलए भएपछि उनलाई सचिवालय जाने काम पर्दा उनले आफ्नो पीएलाई भनेछन्, ’शौचालय जाना है मुझको ।’

पीएको आदेशमा ड्राइभरले उनलाई सोझै ‘पे-टोइलेट’मा पुऱ्याएपछि पीएले ‘सर ! शौचालय आ गया’ भन्दा ‘अरे ! मूरख यह शौचालय नही मेरे ओफिस ले चलो’ भनेपछि ड्राइभरले ‘सचिवालय सर ?’ भनी सोध्दा नेताले ‘हा वही….अरे तुम को पीए किसने बनाया ?’ भनी गर्जनुसम्म गर्जेको समाचार शायद तपाईंहरूले अखबारमा पढि़सक्नुभएकै होला ।

अर्का एकजना नेताको कुरा नसुनाए मलाई सन्तोक लाग्दैन । एकजना एमएलए साहेबलाई नारी कल्याण सङ्गठनको प्रतिष्ठा दिवसमा मुख्य अतिथिको आसन ग्रहण गर्न निम्त्याइएको थियो ।

नारी-नारीले भरिएको सभामा मुख्य अतिथिको सम्भाषणमा एमएलए बोले- ‘माननीया सभानेत्री महोदया तथा आज उपस्थित तमाम् नारीहरूलाई मेरो आन्तरिक हृदयबाट हार्दिक अभिनन्दन । नारी कल्याण सङ्गठनको प्रतिष्ठा दिवसको उपलक्ष्यमा आज तपाईंहरूले मलाई मुख्य अतिथिको आसनमा विराजमान हुन निम्त्याएर आज म गर्भवती (गौरववान्वित) भएको छु ।’

त्यसपछि उनले के बोले वा सभामा उपस्थित नारीहरूलाई के कतिको असर पऱ्यो सोबारे यहाँ भनिरहन आवश्यक ठान्दिनँ । तरै पनि एमएलए साहेबलाई खुशी पार्न गुञ्जेको गगनचुम्बी थपड़ीले एमएलए साहेबको नाक घोक्रेको देख्दा मलाई कुरीकुरी लागेको कुरो नभनी मलाई सन्तोक हुँदैन ।
यताको किरणचन्द स्मशानघाट नयाँ प्रकारले बनिएपछि अङ्ग्रेजी भाषामा ठूल्ठूला सुन्दर अक्षरमा ऋचझबतयचष्गm (दाहगृह) लेखिएको टाढ़ैबाट सहजै पढ़्न सकिन्छ । बिजुलीको झलमल्ल उज्यालोले साँझपख त्यहाँको दृश्य हेर्न लायकको हुन्छ ।

एकदिन एकजना नेता महोदयले आफ्नो पीएलाई भनेको कुरा यस्तो छ, ‘दोर्जे ! मैले यहाँको होटल सिन्क्लियर्स, मैनाकजस्ता ठूल्ठूला होटलमा रात बिताइसकेको छु । यो महानन्दा ब्रिजबाट देखिने ऋचझबतयचष्गm लेखिएको होटलमा एक दिन बसुँ भनेको । यहाँबाट हेर्दै दामी देखिन्छ अन्त…झन् भित्र कस्तो होला होकि ? तिम्रो फूर्सद पाएको बेला यहाँ आएर होटलको रेट सोध न हौ । एक रात बिताइदिउँकि भन्दैछु ।’

पीएलाई सबै कुरो थाहा हुँदाहुँदै पनि बोली सक्नु छैन । पीए पढ़ेकै भए बरू उनले नेताकै कुरामा सारमा सार मिलाउँदै ‘सर ! यो होटल होइन लाश जलाउने घर हो’ नभनेर सोझै ‘हुन्छ सर ! यहाँ ता अलिक महङ्गो होला….दीर्घाको होटलको छेउछाउतिर समुद्र भए जस्तै यहाँ पनि नदी छेउमै छ नि सर । फेरि ऊ पारी हेर्नोस् ता रेलको ब्रिज। बेला बेला रेल गुड़ेको दृश्य पनि हाकाहाकी देखिन्छ ।’

नेता, ‘कथङ्कल बस्नु नै पऱ्यो भने खिड़्कीबाट चारैतिर देख्न सकिने खिड़की भएको ठाउँ हेर नि ।’
ड्राइभर बोल्यो, ‘तर सर….एकाबिहानै खिड़्की खोलेर महानन्दा ब्रिज र ऊ त्यो रेलको ब्रिज मुन्तिर हेर्नु चाहिँ हुँदैन नि फेरि । वरपर गाउँका पुरूषहरू हगासनमा बसेका हुन्छन् नि ।’

नेताको प्याच्चै जवाब, ‘सबै रामदेव बाबाका आह्रिसे श्शा….शालाहरू….’
त्यसपछिको संवाद यतिमै समाप्त गर्नु नै मुनासिब ठानेर यो प्रसङ्ग यही टुङ्ग्याउन चाहन्छु ।
देशलाई टाउको दुःख्दा यी डाक्टर नेता देशको भुँड़ीको सोनोग्राफी गराउँछन् । महङ्गीले देशको दुइवटै किड्नी फेल भएको छ…यी डाक्टर नेता देशको रगतमा हेमोग्लोबिनको कमी छ भनेर हेमोग्लोबिनको निम्ति रातदिन तड़पिन्छन् । भ्रष्टाचारले देश विकलाङ्ग भइसकेको छ…हाम्रा नेता डाक्टर भ्रष्टाचारलाई बाइपङ्खी घोड़ामा बोकेर संसार डुलाइ हिँड़्छन् ।

हो…नेता भनेको नेतै हुन्। नेता डाक्टर हुन्, नेता वैद्य हुन्, नेता धामी-झाक्री पनि भविष्यवक्ता पनि । नेता अन्तर्यामी हुन् । उनले नजानेका, नसुनेका, नदेखेका, नगरेका कुरा केही छैन । उनको निम्ति सबै देब्रे हातको काम । एकै चुट्कीमा सबै ढ्याङ । ढाँटको सलाइन वाटर लगाएर जनतालाई लट्याउनमा निपुण नेता जण्डा डाक्टर हुन् ।

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x