साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भोट दिने तँलाई ?

गाई दुही पात्र ठुलै सजाई दिऊँ सधै दूध म सर्पलाई ? तँ सर्प तेरै म गरूँ भलाई ? के सोचले भोट दिऊँ तँलाई ?

Nepal Telecom ad

हो भोट यो सङ्कट टाल्नलाई
हो भोट यो फोहर फाल्नलाई
हो देशको यो रथ हाँक्नलाई
हाँकिस् र के भोट दिऊँ तँलाई ?

न हेरिए सङ्कटका अवस्था
न फेरिए दुर्गति, दुर्व्यवस्था
बढ्दै गए सङ्कट भोग्नलाई
जानी बुझी भोट दिऊँ तँलाई ?

गाई दुही पात्र ठुलै सजाई
दिऊँ सधै दूध म सर्पलाई ?
तँ सर्प तेरै म गरूँ भलाई ?
के सोचले भोट दिऊँ तँलाई ?

सधै स्वयंले सुख भोग्नलाई
आफ्नै दुनो ढल्छ भनी समाई
बस्छस् चिनेँ, हुन्न भने भलाई
केनिम्ति भन् भोट दिने तँलाई ?

सदैव लड्छस् धन लुट्नलाई
विवाद रच्छस् पद थाम्नलाई
गर्छस् गुलामी टिकिराख्नलाई
यै गर्न भन् भोट दिने तँलाई ?

तैंले गरिस् त्याग कतै मिलाई
सधै भनिस् गर्न भनी मलाई
कुर्सी तँलाई दिइराख्नलाई
मैले सधै भोट दिऊँ तँलाई ?

स्थायी गराइस् पद मानलाई
साथी बनाइस् बदनामलाई
प्रयत्न तेरो धन थप्नलाई
मैले दिने भोट सधै तँलाई ?

नलड् स्वयं उठ् गरिखानलाई
नबन् कसैका भरिया, सलाई
छोडेर नोक्सान समा भलाई
बाटो बना सुन्दर हिड्नलाई ।

मान्छे बनी आइज माग्नलाई
सच्याउँदै जा दल, आफुलाई
तँ देशको बन् गरिछोड्नलाई
र बल्ल पो भोट दिने तँलाई ।

भेट्दै नभेटी र यता नआई
यता उता माइकमा कराई
हल्ला गरेकै भरमा रमाई
दिन्थें त्यसै भोट कहाँ तँलाई ?

पाल्पा, हाल काठमाण्डौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x