साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैंमाथि समयको व्यङ्ग्य ?

कहिलेकाहीँ शंकालु हुन्छ यो मन कतै समयले आफैंमाथि कुटील व्यङ्ग्य गरेको त हैन नि !

Nepal Telecom ad

थाहै नपाई यति छिटो
कपालको रंग पो उडेछ,
बैंस भने अझ बढी
कसरी कसरी अझ बढी पो चडेछ !

पहिला एउटालाई मायालू भन्न पाउँदा
क्या खुसी हुन्थ्यो यो मन,
अब, धेरै हेरेपछि,
धेरै भोगेपछि,
र धेरैलाई देखेपछि,
धेरैलाई बाँड्न लाग्छ यो मन,
जति चिरा गर्यो,
उति ठूलो हुँदै बढ्छ यो मन !

थाहै नपाई कति लामो यो जिन्दगी
हाँसिहाँसी क्या मिठोसित हिँडेछु,
आफैले थाहै नपाई,
खुसीखुसी उमेरको सिँडी चढेछु !

कतै समयले आफैंमाथि
हँसीमजाक मारेको त छैन नि !
कहिलेकाहीँ शंकालु हुन्छ यो मन
कतै समयले आफैंमाथि
कुटील व्यङ्ग्य गरेको त हैन नि !

नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x