लोक सुब्बाआफैंमाथि समयको व्यङ्ग्य ?
कहिलेकाहीँ शंकालु हुन्छ यो मन कतै समयले आफैंमाथि कुटील व्यङ्ग्य गरेको त हैन नि !

थाहै नपाई यति छिटो
कपालको रंग पो उडेछ,
बैंस भने अझ बढी
कसरी कसरी अझ बढी पो चडेछ !
पहिला एउटालाई मायालू भन्न पाउँदा
क्या खुसी हुन्थ्यो यो मन,
अब, धेरै हेरेपछि,
धेरै भोगेपछि,
र धेरैलाई देखेपछि,
धेरैलाई बाँड्न लाग्छ यो मन,
जति चिरा गर्यो,
उति ठूलो हुँदै बढ्छ यो मन !
थाहै नपाई कति लामो यो जिन्दगी
हाँसिहाँसी क्या मिठोसित हिँडेछु,
आफैले थाहै नपाई,
खुसीखुसी उमेरको सिँडी चढेछु !
कतै समयले आफैंमाथि
हँसीमजाक मारेको त छैन नि !
कहिलेकाहीँ शंकालु हुन्छ यो मन
कतै समयले आफैंमाथि
कुटील व्यङ्ग्य गरेको त हैन नि !
नर्वे
Subscribe
Login
0 Comments
Oldest







































