साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कविताका चारवटा फाँकी

मान् माथी पनि मुक्तमान् थपि दिया कैल्यै न खोस्न्या गरी ।

Nepal Telecom ad

(१)

जागिर् छैन धनी म छन घरको केवल कुदालो खनी ।
खान्थ्यां दुःख गरेर चाकरि गर्यो मान् पाउँला की भनी ।।
एक् मन् चित्त लगाइ चाकरि गर्यां खुशी भया छन् हरी ।
मान् माथी पनि मुक्तमान् थपि दिया कैल्यै न खोस्न्या गरी ।।

(२)

रोज रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।।
लाम्खट्टे उपिञा उडुस् इ सँगी छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।।

(३)

बिन्ती डिट्ठा बिचारी सित म कति गरुँ चुप रहन्छन्  नबोली ।
बोल्छन्ता ख्याल् गर्‍या झैं अनि पछि दिन दिन् भन्दछन् भोली भोली ।।
की ता सक्तीन भन्नू कि तब छिनि दिनु क्यान भन्दछन् भोली ।।
भोली भोली हुंँदामा सव घर बिति गो बक्सियोस् आज झोली ।।

(४)

गजाधर् सोतीकी घर बुढि अलच्छिन् कि रहिछन् ।
नरक् जानालाई सब सित बिदाबादी भइछन् ।।
पुग्यौँ साँझमा तिन्का घर पिडिमहां बास गरियो ।
निकालिन् साँझमा अलिक पर गुलजार गरियो ।

(‘भानुभक्तको जीवन चरित’बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
0
Would love your thoughts, please comment.x
()
x