सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्मान फाेबिया

माथिमाथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस, मेरो स्तुतिगान गरी बस, घन्ट बजाई बस ।

Nepal Telecom ad

आजभोलि मान्छेभित्र को भन्दा को कम हुने उहिल्यैदेखिको रोग चर्केर गएको छ । यो भनेको आत्मरति हो । आत्मरति वा आत्मप्रशंसा खोज्ने रोग बढेर गएपछि मान्छेलाई त्यसले पलपलमा पिरोलो पारिरहँदो रहेछ, गाँजिरहँदो रहेछ । हुनत यो आत्मरति, आत्मालाप, आत्मराग वा आत्मप्रशंसाको भोक आजका मनुवामा मात्र रहेको छ र उहिलेका मनुवाहरूमा वा देवताहरूमा चाहिँ थिएन भन्ने कुरा काटे पनि साँचो होइन रहेछ । उहिले उहिलेका रिखिमुनि र बुढापाकामा वा देउदेउतामा पनि यो रोगको भोक खपिनसक्नु गरी हुने गरेकै हो । उनीहरू ता आजका भन्दा अझ बढी यसका भोका हुन्थे ।

भक्तले उपार्जन गरेको सबै थोक उनैलाई अर्पण गरेर भक्तले चाहिँ रुखका मुनि घन्ट बजाई उनैको भजन गरी बस्नु भन्ने कुरा उनीहरूले मनुवालाई भनेकै थिए । सेतै दारी फुलेका बुढा ब्रह्मा हुन् कि समुद्रमा सुतेको भान पार्ने विष्णु हुन् वा जतिओटी गोपिनी भएर पनि नअघाएका असन्तोकी कृष्ण हुन् कि आफू नाङ्गै देखिए पनि अरू सबैबाट केही न केही खोजिरहने हन्तकाली बाबा शिव नै किन नहुन् आत्मरतिका मूल स्रोत यिनै हुन् । बूढा ब्रह्माको ता कुरै छाडौँ । आफ्नी छोरीमाथि आत्मरति मात्र नभई रति नै गर्ने कामुक ती बुढाले नै हो आजका केही दुष्कर्मी बाबुहरूले गर्ने यो परम्पराको थालनी गरेको । उनी जति पापी यो दुनियाँको इतिहासमा कोही छैनन् । आफूसँग भएको सबै कुरा उनीहरूलाई नै अर्पण गरेर आफू भने भोको पेटमा उनीहरूको नाम जपेर घन्ट बजाई बस्नु भन्नु जतिको चुतिया जुक्ती केही पनि हुँदैन ।

‘तँसँग भएको सबै मेरै हो, त्यो सबै मेरा हजुरमा चढाएर मेरो गुणगान गरेर रित्ता हात लगाउँदै लँगौटी कसेर रुखका फेदमा बस्’ भन्ने ती ईश्वरहरू महान् हन्तकाली र आत्मरतिका उदाहरण हुन् । यही आत्मरति आजका मान्छेमा आइरहेको छ, छाइरहेको छ, पलाइरहेको छ यही भोकले गलाइरहेको छ । उहिलेको अलकापुरीका राजा इन्द्र अर्काले उन्नति गरेको देखिसहन्नथे । अरूअरूले उनैको मात्र जयगान गर्नुपथ्र्यो । आजको सेतो घरका वा ओबामापुरका इन्द्रहरू पनि अरूको उन्नति देखिसहन्नन् । मानौँ यो दुनियाँमा उनीहरू जत्तिका अरू कोही होलान्, उनीहरूको हैकमलाई चुनौती देलान् भनेर उनको मनमा थरहरी पर्छ । सधँै अरूलाई तर्छाइरहेका हुन्छन्— खबरदार म जतिको हुन पाउँदैनौ । माथिमाथि जाने र उन्नति गर्ने अधिकार मेरै मात्र हो । तिमीहरू मेरो भजन गरेर बस, धोती कसेर बस, मेरो स्तुतिगान गरी बस, घन्ट बजाई बस ।

यो अरूलाई उन्नतिको सिँढीमाथि चढ्न र अघि बढ्न नदिने चलन आजको होइन रहेछ । यिनै देवदेवीका पालादेखिको रहेछ । यो आफैँ मात्र खाऊँ र लाऊँ अरूले चाहिँ खरानी नै घसिरहून् रुखका फेदमै बसिरहून् भन्ने आत्मरतिको उदय उषाकालदेखि नै भएको रहेछ । यो भनेको आत्मरति हो । यो भनेको आत्मसम्मानको फोबिया हो । यसको पुरानो उदाहरण भनेका यिनै मान्छेले बनाएका देउदेउताहरू रहेछन् । अर्को चाहिँ खरानी नै घसेर बसोस् र आफूचाहिँं त्यसैले कमाएको सिरीसम्पत्तिमा रजाइँ गरी बसूँ भन्ने ती देवदेवीहरू वास्तवमा सारै नै स्वार्थी र अल्छेमतिका उपज रहेछन् । आजका केही राष्ट्रहरू जो आफूसरहको उन्नति अरू कसैले गर्लान् र पौँठेजोरी खोज्लान् भनेर उन्नत हुनबाटै रोकिरहेका छन् यो पनि उनै कल्पित ईश्वहरूबाट आयातित एकतन्त्रीय विचार हो ।

हाम्रै आदि पुर्खाहरूले बनाएको ईश्वरलाई हाम्रा जिजुबाजेले नै पहिलो उपनिवेशवादी बनाएका रहेछौँ । उनीहरूले यदाकदा हतियार तन्त्रबाट पनि औपनिवेशिक धर्म पालेका थिए भन्ने वणर्न हामीले गरेका भए तापनि बढी मात्रामा उनीहरू मतियारतन्त्रबाट आफ्नो उपनिवेशवाद दुनियाँदारीमा हालेका थिए भन्ने वणर्न गरेका रहेछौँ । मतियारतन्त्रको पीठाधीशका रूपमा आफैँलाई सर्वोच्चतम मान्ने पुराना रिखिमुनिहरू जेभाले नै थिए । आफू र आफ्नो विचारलाई नमानेको झोँकमा अर्कोलाई भस्म खरानी नै पार्ने दुर्वासा जस्ता रिखि भनेका नै आत्मरतिका नमुना हुन् । खरानी घसेर छालाको कट्टु लगाउने लट्टाधारी बाबा बमभोलेलाई किन चाहियो राम्री न राम्री श्रीमती ? भस्मासुरले माग्यो भनेर किन भस्म पार्नुपरेको ? तत्काल सृष्टि गरिदिने क्षमता भएकाले एउटी गतिली नारी बनाइदिनु नि आफ्नी जत्तिकै राम्री एक झलल बलेकी अप्सरा । आफू जस्तोसुकै भए पनि राम्रो जति सबै आफूलाई नै चाहिने कुरा भनेकै आत्मरतिको उदाहरण हो । झोलेबाबा भोलेलाई नपुग्दो के थियो र ससुरालीको भतेर खान जान मन लागेको ? ससुरालीबाट निम्तो नआउनासाथ ससुराको टाउको नै काटेर बोकाको टाउको लाइदिनु जस्तो फट्याइँ र चुतियागिरीको उदाहरण यो दुनियाँमा अर्को के हुन सक्छ ?

अब आजका ज्वाइँलाई मात्र किन दाइजोका लोभी भन्ने ? शिवबाबा नै दाइजोका हन्तकाली रहेछन् भन्ने कुरा अब पुष्टि हुन्न र ? माइतबाट लोग्नेलाई केही नदिएको बहानामा अँगेटीका डढ्ने सतीको उदाहरणबाट आजका दाइजोका लागि मरिरहेका बुहारीहरूको उदाहरण उहिल्यैदेखि थियो भन्ने कुराको प्रमाण भएन र ? अझ आफ्नी स्वास्नीलाई एकै छिनका लागि भेट्न नदिएको झोँकमा द्वारपालका रूपमा रहेका गणेशको टाउकै काट्नु जस्तो खतरनाक कुरा अरू के हुन सक्छ ? त्यतिको सारो ता हाम्रा फलानावादीले पनि गरेका थिएनन् । यो ता हाम्रा नेपालका दिव्य बार वर्ष जङ्गलमा बसेकाहरूले विरोधीहरूको टाउको गिँड्ने गरेको भन्दा पनि डरलाग्दो कुराको उदारहण हो ।

यी उदाहरणहरूबाट हामी भन्न सक्छौँ आत्मरतिको फोबिया आजकै दुनियाँको मात्र होइन रहेछ । अब हामी भन्न सक्छौँ सम्मान खोजी गर्ने परम्परा आजको हैन रहेछ । अनि आजका मान्छेले सम्मान खोजे भने किन अप्ठेरो मान्ने ? उहिलेकै धर्म मानेछन्, परम्परालाई थामेछन् भनेर चित्त बुझाउनु पो बुद्धिमानी हुन्छ ।
जय होस् यी सम्मान खोज्नेहरूको !

भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी