साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ कसरी कवि हुन सक्छ ?

ऊ समवेदनामा प्रहार गर्छ ऊ स्वाभिमानमा प्रहार गर्छ ऊ जालझेल गर्छ ऊ षड्यन्त्रको जालो बुन्छ ऊ दुस्प्रचार गर्छ ऊ अपशब्द प्रहार गर्छ हो जहिले पनि जस्को पनि अपमान गर्छ ऊ कसरी कवि हुन सक्छ ?

Nepal Telecom ad

समवेदनामा प्रहार गर्दै
मन दुख्ने गरी
दुस्ट्याइँ गर्छ,
स्वाभिमानमा प्रहार गर्दै
मन छिया छिया हुने गरी
फट्याइँ गर्छ,
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
ऊ कसरी कवि हुन सक्छ ?

आफू जस्तैको
एउटा झुण्ड तयार गर्छ
जालझेल गर्दै
अरुको मन दुखाउने गर्छ
षड्यन्त्रको जालो बुन्दै
अरुको बदनाम गर्दै हिँड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
ऊ कसरी कवि हुन सक्छ ?

अस्मितामा चोट पुर्याउँदै
लाज लाग्ने गरी
दुस्प्रचार गर्छ
अपशब्द प्रहार गर्दै
मन दुखाउने गरी
नग्न झगडा गर्छ
अरुको बदनाम गर्दै हिँड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
ऊ कसरी कवि हुन सक्छ ?

ऊ समवेदनामा प्रहार गर्छ
ऊ स्वाभिमानमा प्रहार गर्छ
ऊ जालझेल गर्छ
ऊ षड्यन्त्रको जालो बुन्छ
ऊ दुस्प्रचार गर्छ
ऊ अपशब्द प्रहार गर्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
ऊ कसरी कवि हुन सक्छ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म विक्रीमा छु

म विक्रीमा छु

राधेश्याम लेकाली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x