सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्यकार तेराख स्मृतिग्रन्थ लोकार्पण

साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर- ९ धुलावारीको आयोजनामा “साहित्यकार तेराख स्मृतिग्रन्थ” को एक कार्यक्रमका बिच सभ्य र भव्य रुपमा सम्पन्न ।

Nepal Telecom ad

झापा । साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर- ९ धुलावारीको आयोजनामा २०७९/०४/०७ गते “साहित्यकार तेराख स्मृतिग्रन्थ” को एक कार्यक्रमका बिच सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

प्रा.डा. टङ्क न्यौपानेको प्रमुख आतिथ्य, प्राज्ञसभा सदस्यद्वय सुभद्रा भट्टराई र पवन राववंशीको विशिष्ट आतिथ्य, साहित्यकार कोमलप्रसाद पोखरेल, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी, खतिवडा परियारका अग्रज व्यक्तित्व डिल्लीराम खतिवडा र प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाको आतिथ्यमा सम्पन्न कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले स्मृति ग्रन्थको लोकार्पण गर्नु भएका थियो ।

लोकार्पित कृतिको समीक्षा साहित्यकार मिश्र वैजन्तीले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले मन्तव्य राख्दै स्मृति ग्रन्थ प्रकाशन गर्न अथक प्रयास गर्ने सम्पादक मण्डल, कार्यक्रममा उपस्थित हुनु हुने सम्पूणर् महानुभावहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो । उहाँले प्रतिष्ठानको नाममा यसअघि स्थापना गरिएको रू १०,००,०००/- (दशलाख) नगद राशीको अक्षय कोषमा १०,००,०००/ दशलाख थपिदिने वचन दिँदै रू १०,००,०००/- को चेक कार्यक्रमको अध्यक्ष एवम् प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

तेराख साहित्य प्रतिष्ठानको स्थापना तेराख जीवित हुँदै उहाँकै पहलमा २०७६/०१/२१ गतेका दिन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपाने, विशिष्ट अतिथिहरु प्राज्ञहरु सुभद्रा भट्टराई अर्याल, पवन राजवंशी र यज्ञराज प्रसाईं,अतिथि शिरो सान्दाई खतिवडाले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, गीता सुवेदी नेपाल, मीना अधिकारी, डा. खगेन्द्र दाहाल र टङ्क काफ्ले विकल्पले कविता वाचन गर्नु भएको थियो । प्रमख अतिथि, विशिष्ट अतिथिहरू र कृति समीक्षकलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो (उपहार) प्रदान गरिएको थियो भने स्मृतिग्रन्थमा लेख रचना भएका लेखकहरूलाई एक/एक प्रति स्मृति ग्रन्थ उपहार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभापति शिवकुमार पौडेलले तेराख साहित्य प्रतिष्ठानको परिचय र स्मृतिग्रन्थ प्रकाशन गर्नुको उपदेयताका सम्वन्धमा जानकारी गराउनु भएको थियो । प्रतिष्ठानकी कोषाध्यक्ष सुशीला दाहाल खतिवडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानकी उपाध्यक्ष दुर्गादेवी खतिवडाले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य जयप्रसाद भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा झापा र इलामका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

-देवीचरण भण्डारी “सरोज”

Fitkauli Publication Books comming soon
Nepal Telecom ad