साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौडामा यश लामाका गजल सुनिए

गजल मञ्च मकवानपुरले नियमित गजल वाचन अन्तर्गत विशेष गजल वाचन कार्यक्रम गरेको छ । कार्यक्रममा गजलकार यश लामाका गजलहरू सुनिएका छन् ।

Nepal Telecom ad

साउन ७, हेटौँडा । गजल मञ्च मकवानपुरले नियमित गजल वाचन अन्तर्गत विशेष गजल वाचन कार्यक्रम गरेको छ ।

कार्यक्रममा गजलकार यश लामाका गजलहरू सुनिएका छन् । कार्यक्रममा मदन पुरस्कार विजेता निलम कार्की निहारिकाको प्रमुख आतिथ्यता र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेस निखिलको विशिष्ट आतिथ्यता रहेको थियो ।

वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजाल तथा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ अतिथि रहनु भएको थियो ।

दुई सेसनमा गरिएको कार्यक्रममा दुवै सेसनमा ३/३ वटा र स्रोता, दर्शकको मागअनुसार थप गरी कूल ७ वटा गजल वाचन गरिएको थियो ।

गजल मञ्च मकवानपुरका सल्लाहकार पुरूषोत्तम आचार्य, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाल आदीका एक एक गजलहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो ।

निजगढ नगरपालिकाकी उपप्रमुख थिङले नगरपालिकाको नीति तथा कार्यक्रममा समेत भाषा, कला, साहित्यलाई उल्लेख गरिएको र मकवानपुरे साहित्यकारहरूको टोलीलाई छिट्टै निजगढमा स्वागत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि निलम कार्की निहारिकाले यस्ता गजल मात्रै सुन्नेगरी कमै कार्यक्रममा उपस्थिति हुने मौका मिलेको र यस कार्यक्रमबाट आफूले निकै आनन्द लिएको बताउनुभयो ।

संस्थाका अध्यक्ष केशव समर्पणले कार्यक्रममा बाक्लो उपस्थितिका कारण आफू हर्षित भएको र आगामी दिनमा यस्तै सकृय उपस्थितिका लागि अनुरोध गर्नुभयो ।

संस्थाका सचिव हरि पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा लेखक संघ, सिस्नुपानी नेपाल, झरना साहित्यकला मकवानपुरका अध्यक्ष, प्रतिनिधि, साहित्यकारहरू, विद्यार्थी, पत्रकार आदिको उपस्थिति रह्यो ।

-संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x