साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म विक्रीमा छु

मेरा आत्मा, चिन्ता र श्रद्धाहरू बिक्रीमा छन् मेरा मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन् छौ कोही किनेर मेरा सयौं मृत्युहरूमा रमाउनेहरू ? आउ यी पनि बिक्रीमा छन् ।

Nepal Telecom ad

मेरा जोश, जागँर र रहरहरू बिक्रीमा छन्
मेरा आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिँड्न चाहनेहरू ?
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।

मेरा योजना, प्रतिबद्धता र दृढताहरू बिक्रीमा छन्
मेरा कलम,शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमंगहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।

मेरा विवेक, चाहना र देष्टिकोणहरू सबै बिक्रीमा छन्
मेरा सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरो सपनाहरूले रमाउन चाहनेहरू
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझै बिक्रीमा छन् ।।

मेरा आत्मा, चिन्ता र श्रद्धाहरू बिक्रीमा छन
मेरा मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन
छौ कोही किनेर मेरा सयौ मृत्युहरूमा रमाउनेहरू ?
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।

मेरा आत्मा, चिन्ता र श्रद्धाहरू बिक्रीमा छन्
मेरा मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सयौं मृत्युहरूमा रमाउनेहरू ?
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएका सामानझैं बिक्रीमा छन् ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऊ कसरी कवि हुन सक्छ ?

ऊ कसरी कवि हुन...

राधेश्याम लेकाली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x