राधा दहालसिरानी बेच्छु भन्छ
सुन्नुहोस् न कतिसम्म मूर्ख कुरा गर्छ घरमा आगो लगाएर खरानी बेच्छु भन्छ ।

आँखा बेच्छु भन्छे ऊ नानी बेच्छु भन्छ
साझ नबिके के भो बिहानी बेच्छु भन्छ
अभाव नै अभावले सीमा नाघेपछि
पापी पेट पाल्न जवानी बेच्छु भन्छ
सुन्नुहोस् न कतिसम्म मूर्ख कुरा गर्छ
घरमा आगो लगाएर खरानी बेच्छु भन्छ
यहि हातको सिरानीमा निदाकोथ्यो हिजो
हेर्नुहोस् त आज त्यही सिरानी बेच्छु भन्छ ।
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest






































