साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीमा ‘देशको चित्र’ विमोचन

घुम्ती कविगोष्ठी नेपालको ११६ औँ शृङ्खला कपन बहुमुखी कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको लघुकथा सङ्ग्रह ‘देशको चित्र’ विमोचन भएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, साउन १४ गते शनिबार, २०७९ । घुम्ती कविगोष्ठी नेपालको ११६ औँ शृङ्खला कपन बहुमुखी कलेजमा सम्पन्न भएको छ । कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको लघुकथा सङ्ग्रह ‘देशको चित्र’ विमोचन भएको थियो ।

कपन बहुमुखी कलेजका सञ्चालक समितिका अध्यक्ष कुमार ओझा कार्यक्रमका सभापति हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा श्री ओम श्रेष्ठ रोदन हुनुहुन्थ्यो । त्यसैगरी विशिष्ट अतिथिहरूमा डा. विदुर चालिसे, मित्रलाल पंज्ञानी, प्रभात दीक्षित, ममता मृदुल, डा. शेखरकुमार श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिहरूमा कणाद महर्षि, दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज मरासिनी, विनोद दहाल वत्स, तिलकप्रसाद लुइँटेल, पवनकुमार बुढाथोकी, थरेन्द्र बराल, बालचन्द्र प्रवाह, कपन बहुमुखी क्याम्पसका प्राचार्य भूमिदत्त पौडैल, बुनपा. वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराई हुनुहुन्थ्यो ।

केही कविता वाचनपछि देशको चित्र लघुकथासङ्ग्रह विमोचन भएको थियो । विमोचित लघुकथासङ्ग्रहको समीक्षा भने डा. शेखरकुमार श्रेष्ठले गर्नुभएको थियो । डा. श्रेष्ठले पुस्तकको रुप, गुणका साथै लेखन प्रवृत्ति, पात्रविधान र कथा कौशलको बारेमा चर्चा गर्नुभएको थियो । त्यसै गरी प्रमुख अतिथिले वाचित कविता र विमोचित कृतिका बारेमा बताउँदै साहित्यिक संस्थाले कुनै पनि साहित्यकारलाई अनावश्यक उपाधि दिएर सम्मान गर्नु गलत प्रवृत्ति भएको कुरा भारतमा एक जना साहित्यकारलाई १२ ओटा संस्थाले १२ विभिन्न विशिष्ट उपाधि दिएर सम्मान गरेको उदाहरण दिएर बताउनुभएको हो । डा. विदुर चालिसे, कणाद महर्षि, बालचन्द्र प्रवाह, ममता मृदुल, मित्रलाल पंज्ञानी, प्रभात दीक्षितले विमोचित कृतिका सर्जकलाई बधाई दिँदै रचना वाचन गर्नुभएको थियो ।

बिहान ८ बजे सञ्चालन भएको यस कार्यक्रमको सञ्चालन परशुराम पराशरले गर्नुभएको थियो । घुम्तीका पूर्व अध्यक्ष रामचन्द्र दाहालले स्वागत मन्तव्य दिई आफ्नो रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने अन्य सर्जकहरूमा सुशील आचार्य, थरेन्द्र बराल, घनश्याम प्रसाइँ, डोरबहादुर केसी, विद्याराम श्रेष्ठ, मुना भट्टराई, अनु खड्का, माधवलाल श्रेष्ठ, दुर्गा अधिकारी भमरकोटे, तिलकप्रसाद लुइँटेल, दुण्डीराज मरासिनी, विनोद दाहाल वत्स, कात्यायन, त्रिलोचन आचार्य, सीता अधिकारी आदि हुनुहुन्थ्यो ।

साना भाइहरू वेदान्त पंज्ञानी र विप्सन पंज्ञानीले बाल पत्रिका झुल्काका कविता वाचन गरेका थिए । उद्घोषक परशुराम पराशरले विमोचित कृतिको कथा वाचन गर्नुभएको थियो भने ममता मृदुलले आफ्नै लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रमको समापन अघि विमोचित कृतिका सर्जक रामकुमार पण्डित क्षेत्रीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

-परशुराम परासर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x