साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर !?

तर म रुवाईको पानी पोख्न सिंहदरबार वरिपरि घुमें भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर हलल्ल हाँस्दारहेछन् शहर पनि आफ्नू हुँदोरहेनछ ।

Nepal Telecom ad

माझ शहरमा उभिएर
जिन्दावाद भनें
भित्ताहरू त
मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन्
शहर त आफ्नू हुँदोरहेनछ ।

बडा त भन्थे
माथि हिमाल भव्य देखेर
हिमालमा नजानु है कान्छा !
कक्र्याक कुक्रुक पार्छ
शहर पनि पो त्यस्तै हुँदो रै छ
जहाँ सम्वेदना सकिएकाहरूको भीडले
लथ्र्याक लुथ्रुक बनाएको छ
हिजो इमोसनमा बिताएको रातको गन्धले
पुरै शहर गनाएको छ ।

काका भन्थे
शहर पुगेर बेस्कन पानी नखानु है कान्छा !
पैशा लाग्छ
घाँटी हेरेर हाड निल्नुपर्छ
गोजी हेरेर पिसाब फेर्नुपर्छ
नाङ्लामा जिन्दगी फिंजाएर
समय बेच्दै हिड्नु पर्दोरहेछ फुटपाथमा
कुनबेला कर्यापकुरुप परिने हो थाहा छैन

आठानाको भटमासमा
जिन्दगी चलाउँन खोज्दा
पेट हुँडलिएर
गुजारानै अस्तब्यस्त बनेको बर्तमान छ
फाटेको पनि कहाँ लाउँन पाइन्छ र आज भोलि
जो हुनेखानेले खोसिसके
विश्वासको सिरानी लगाएर
सञ्चले कहाँ निदाउँन पाइन्छ र आज भोलि
कुण्ठाका झिंजाहरूमा प्रतिशोधको आगो झोसिसके
हिजो अर्काको भुँडीको आरिस गर्नेहरू
आज आफ्नै भुँडीसंग तर्सँदैछन्
हिजो सामन्तको ढिकुटी फोर्न बढेका दृढ पिंडौंलाहरू
आज आफ्नै घरको भर्‍याङमा गलेर फर्कँदैछन्
गाउँ पनि कसरी फर्कनु र छोडेपछि
बगीजाने खोलाको लागि किनारा रुँदोरहेनछ
शहर पनि आफ्नु हुँदोरहेनछ ।

न शहर आफ्नु भयो
न गाउँ फर्कन नै सकियो
उ पो चन्द्रयानको असफलतामा
आफ्नू प्रधानमन्त्रीसंग डाको छोडेर रोयो
तर म
रुवाईको पानी पोख्न
सिंहदरबार वरिपरि घुमें
भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन्
शहर पनि आफ्नू हुँदोरहेनछ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x