सुलसुलेअविरल यात्रामा कवि आचार्यका एक दर्जन कविता
राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७० औँ शृङ्खलामा प्रगतिवादी कवि डा.गोविन्दप्रसाद आचार्यका एक दर्जन कविता गुञ्जिए ।

काठमाडौं, २०७० साउन १४ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७० औँ शृङ्खलामा प्रगतिवादी कवि डा.गोविन्दप्रसाद आचार्यका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी का.वा.अध्यक्ष भूमिका सुब्बा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी महासङ्का उपाध्यक्ष आर.सी.न्यौपाने, महासचिव लालकाजी लामा, कवि डा.गोविन्दप्रसाद आचार्य, कविकी जीवनसाथी विष्णु आचार्य, प्राज्ञ नमुना शर्मा, डा.हरिप्रसाद सिलवाल, अमृत खाती, वसन्त रिजाल, गणेशकुमार जिसी, अग्रज साहित्यकारहरू अनिल पौडेल, सुशीला प्रधानाङ्ग, डम्बर पहाडी, डा.फणीन्द्रराज निरौला, डा.षडानन्द पौडेल र नर्मदेश्वरी सत्याल, सहयोगी कविहरू रूपक अलङ्कार, ज्ञानु विद्रोही, देबु लुइटेल र स्वीकृति आचार्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अविरल जनसाहित्य यात्रा संयोजन समितिकी संयोजक यशोदा अधिकारीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा सङ्घका केन्द्रीय सदस्य साधुराम नेपालले डा.गोविन्दप्रसाद आचार्यको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै वि.सं.२०२२ फागुन ११ गते अर्घाखाँचीमा माता जानुका आचार्य र पिता घनश्याम आचार्यका सुपुत्रका रूपमा जन्मिएका गोविन्द आचार्यका तीन दिदीबहिनी, दुई दाजुभाइ र श्रीमती तथा दुई छोरी रहेका; विद्यार्थीकालदेखि नै नेपाली साहित्यका कविता विधामा कलम चलाउन थालेका आचार्यले २०६९ सालमा एउटा कवितासङ्ग्रह प्रकाशित गरेका, कविता र समालोचनाका क्षेत्रमा विशेष रमाउने आचार्य आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, उच्च मनोबलका साथ साहित्य सिर्जना गरी सामाजिक रूपान्तरण अभियानमा प्रभावकारी योगदान गर्ने उद्देश्य राख्ने, समाजका समसामयिक यथार्थलाई उजागरी गरी विकृतिका प्रति आक्रोश व्यक्त गर्ने र रूपान्तरणका पक्षमा आबाज बुलन्द गर्ने स्रष्टा हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्यले नेपाली प्रगतिवादी खण्डकाव्य विषयमा विद्यावारिधि गरी सिर्जना र प्राध्यापन कर्मलाई निरन्तरता दिइरहेका छन् भन्ने धारणा राख्नुभयो ।
समारोहको अध्यक्षता गर्दै राम विनयले साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको बताउनु भयो । उहाँले आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा आपूmलाई समर्पित गरिरहेका, प्राध्यापन कर्ममा रहेका डा.गोविन्दप्रसाद आचार्यलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो । कविनायकलाई प्रमुख अतिथिले माल्यार्पण गर्नुभयो ।
कवि डा.गोविन्दप्रसाद आचार्यले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आफू प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्नु भयो । उहाँले कविताले युगको चेतना अभिव्यक्त गर्ने सामथ्र्य राख्दछ, सामाजिक रूपान्तरण अभियानमा महत्त्वपूणर् योगदान गर्दछ भन्ने आफ्नो मान्यता रहेको छ । कवितालेखनमा साहित्य सन्ध्याले आपूmलाई प्रेरणा प्रदान गरेको हो । शासनसत्तामा रहनेले देशै बेच्न पनि तयार रहेको अवस्था देखेपछि, लोकतन्त्रप्राप्तिपछि पनि समाजमा विभेद, हेलाँहोचो, शोषण र अन्याय नहटेपछि, ऊर्वर नेपाली भूमि बाँझो रहेको र युवापलायन भइरहेको अवस्थाले आपूmलाई चिमोटेपछि, भाषासंस्कृतिमा निरन्तर प्रहार भइरहेपछि सबै प्रकारका बेथितिको अन्त्य हुनुपर्छ र साँचो अर्थमा सामाजिक रूपान्तरण हुनुपर्छ, हाम्रो पहिचान संरक्षित हुनुपर्छ भन्ने अभिप्रायका साथ आपूmले साहित्य सिर्जना गर्नेगरेको धारणासहित अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवम् वैचारिक कविता वाचन गर्नुभयो ।
सहयोगी कवि देबु लुइटेलले पञ्चचामर छन्दको ‘कवि’ शीर्षकको र अनुष्टुप छन्दको ‘नानी हो सपना देख’ शीर्षकको कविता वाचन गर्नुभयो । सहयोगी कवि ज्ञानु विद्रोहीले अनुष्टुप छन्दको ‘बाटो’ शीर्षकको र लोकलयको ‘बनेको बाटो’ शीर्षकका कविता वाचन गर्नुभयो । त्यसैगरी अर्का सहयोगी कवि रूपक अलङ्कारले अनुष्टुप छन्दको ‘यस्तो भयो’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘आउँछ क्रान्ति यहाँ’ शीर्षकको कविता वाचन गर्नुभयो । सहयोगी कवि एवम् कविनायककी छोरी स्वीकृति आचार्यले अनुष्टुप छन्दको ‘यस्तो हुन्छ किन ?’ शीर्षकको कविता वाचन गर्नुभयो । सहयोगी कविहरूले कविताको मर्मअनुसार वाचन पनि अत्यन्त सुन्दर गर्नुभएको थियो ।
वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै डा.हरिप्रसाद सिलवालले आजको यो विशेष महत्त्वपूणर् कार्यक्रममा हामीले बारओटा सुन्दर कविता सुन्यौँ । उपस्थिति गुणात्मक रहेको छ । डा.आचार्य मेरा सहकर्मी पनि हुनुहुन्छ र उहाँका कविता आफैँमा आलोचनात्मक छन्, विश्लेषणात्मक छन् अनि त्यत्तिकै सरल र सुबोध्य पनि छन् । विचारको तीब्र प्रस्तुति र सशक्त प्रहार कविताले गरेका छन् । कवितामा परिपक्व चेतना सम्प्रेषण भएको छ । कविता छन्दोबद्ध छन्, अलङ्कारको संयोजन भएको छ । समकालीन अराजकता, बजारीकरण, औपनिवेशिकताका विरुद्धका स्वर सशक्त रहेको पाइन्छ । सबै कविताको अन्तरवस्तु सुन्दर छ । एक चरणमा लेखिएका कविता रहेका, स्वच्छन्दताभित्र वैचारिक कविता लेखिएकाले सौन्दर्यशास्त्रीय दृष्टिले थोरबहुत परिमार्जन भने आवश्यक छ । कविभित्रको ज्ञानचक्षु अत्यन्त सशक्त रहेको, सहयोगी कविहरूको वाचनशैली झनै उत्कृष्ट रहेको धारणा राख्नुभयो ।
महासङ्घकी का.वा.अध्यक्ष भूमिका सुब्बाले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई म धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर कविता सुन्दर वाचनकलाका साथ सुन्दर वातावरणमा सुन्ने अवसर प्राप्त भएको छ । सिर्जनाका माध्यमबाट सशक्त वैचारिक दृष्टिकोण सम्प्रेषण गर्ने र सामाजिक रूपानतरण अभियानलाई सघाउने उद्देश्यअनुसार नै आजको यो गोष्ठी महत्त्वपूणर् बनेको छ भन्ने मलाई अनुभूति भएको छ । साथै यस्तो कार्यक्रमले स्रष्टाको सिर्जनशीलतामा थप निखार ल्याउने छ भन्ने मलाई लागेको छ , त्यसैले आजका स्रष्टा अर्थात् कविनायक र आयोजकलाई धन्यवाद भन्न चाहन्छु भन्नुभयो ।
प्रमुख अतिथि केशव बडालले आजको यो समारोह सशक्त, सुन्दर र महत्त्वपूणर् रहेको बताउँदै स्वाभिमानको लडाइँलाई दमन गर्नेहरू अहिले गठबन्धनमा रहेका कारण पनि देश र जनताका समस्यामा सरकार बेखबर रहेको तर स्वार्थलिप्सामा भने लम्पट भएर लागेको तथ्यलाई पनि कविताले उजागर गरेका छन्, आक्रोश व्यक्त गरेका छन् । स्रष्टाले लेख्ने जनताका लागि नै हो । बोलेर के हुन्छ र ? भनियो भने र बोलिएन भने जनतासम्म विद्रोहको आबाज नै पुग्दैन र सङ्घर्ष तथा रूपान्तरणको पक्ष कमजोर हुन्छ भन्ने तथ्यलाई पनि स्रष्टाले हृदयङ्गम गर्नुपर्छ र सोहीअनुसार जनता जगाउने, सचेत पार्ने सिर्जना गरिनुपर्दछ । आजको यो सुन्दर समारोहमा विद्वान् व्यक्तिहरूको गुणात्मक उपस्थिति रहेको यो अवसर आनन्ददायी रह्यो । कविता श्रवण गर्ने र आफ्ना धारणा पनि राख्ने अवसर प्राप्त भएकोमा मलाई गौरवबोध भएको छ । मलाई यो अवसर दिने आयोजकलाई हार्दिक धन्यवाद दिन्छु, आजका कविनायकलाई पनि बधाई ज्ञापन गर्दछु भन्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको प्राप्तिपछि पनि समाज अपेक्षितरूपमा रूपान्तरण नभएको अनि स्वार्थी र पदलोलुपको बढोत्तरी भएको, सत्ता स्वार्थलिप्साको घनचक्करमा रुमल्लिएको, गरिब दुःखीको जीवनस्तर नबदलिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएका उत्कृष्ट रचना सुन्न पाइयो भन्नुभयो । उहाँले अर्को महिनामा ७१ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका र शास्त्रीय छन्दलाई आफ्नो नियन्त्रणमा राखेर सिर्जना गर्ने कुशल स्रष्टा खेमराज निरौलालाई हामी प्रस्तुत गर्ने जानकारी सहित अध्यक्षको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
-रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































