साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिच्चासप्तकम्

नठान्नू कसैले डाँगाहरू कजोर र ठिनेमिने छैनन् । गल्लीबाट भुकेर हैरान गर्दा पनि खुलस्त देखिने छैनन् । खोरमा सुतेका डाँगा मङ्सिरतिर मालिकले फुकाउने हल्ला छ । फुकेर आएपछि भुकेर बसिखान दिने छैनन् ।।

Nepal Telecom ad

१ आइतबार
हड्डीमा लडेका खिच्चाहरू फुकेर थामिसक्नु भएन
जताततै रेविजको र्याल थुकेर थामिसक्नु भएन ।
कसरी तह लाउने होला खिच्चालाई
देशैभरि रातदिन भुकेर थामिसक्नु भएन ।।

२ सोमबार
हड्डीमा खिच्चा तानातान गरिरहेका छन्
नजानेर पनि हैन जानजान गरिरहेका छन्
अपराधी खिच्चाको केही भर नहुने रहेछ
आफ्नै आमाका करङ खुस्काएर हानाहान गरिरहेका छन् ।।

३ मङ्लबार
हे भगवान रख्खे गर खिच्चाको भूत जाग्ने भो
सबै जनताको भोक निद्रा भाग्ने भो
अब मुङ्सिरको बेला कसरी थाम्ने होला खिच्चालाई
खिच्चाहरूका जन्तीको लर्को लाग्ने भो ।

४ बुधबार
अस्तिसम्म केही ढुकिरहेका त केही उँगिरहेका थिए
डाँगाका मुखको हड्डी खस्ला र खाउँला भन्दै रुँगिरहेका थिए
बेला बेला स्वानधर्मानुसार ङार्रर ङुर्रर गरेरै भए पनि
डाँगाकै वरिपरि बसेर हड्डीको गन्ध सुँगिरहेका थिए ।

५ बिहिबार
नठान्नू कसैले डाँगाहरू कजोर र ठिनेमिने छैनन्
गल्लीबाट भुकेर हैरान गर्दा पनि खुलस्त देखिने छैनन्
खोरमा सुतेका डाँगा मङ्सिरतिर मालिकले फुकाउने हल्ला छ
फुकेर आएपछि भुकेर बसिखान दिने छैनन् ।।

६ शुकबार
उहिले उहिले त खिच्चाहरू फ्याँकिन्थे मारेर
आफ्नै दाँत झार्न खोज्थे हड्डी दाह्रेर
अब कहाँ त्यस्तो छ र
अहिले त खिच्चाहरू हड्डी टोकिरहेका छन् गोडा पसारेर ।।

७ शनिवार छुट्टी
आज खिच्चाको साप्ताहिक छुट्टी छ
अट्टालिकामा बाँधिएको खिच्चाको फाइँफुट्टी छ
सबै खिच्चाले हड्डी बराबर लुछ्न नपाउने नियमले गर्दा
कुनै खिच्चो बङ्गुर भो त कुनै खिच्चोको भाँचिएला जस्तो खुट्टी छ ।।
।।सकिए।।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x