साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो ताप्न

जनताको आँखामा छारो हाल्नु छ ! छारो नहाले देख्छन् आँखाले लाइटर र सलाई बोकेर संसदमा पाल्नु छ ! निकै जाडो हुन्छ भन्छन् आउने माघमा आगो ताप्न पेट्रोल छर्केर- फेरि एकचोटि संसद बाल्नु छ !!

Nepal Telecom ad

सप्रेको जति मैले
बिग्रेको जति तैँले भनेर भन्नु छ !
खेदोको स्काभेटर चलाउनु छ
खाल्टो खन्नु छ !
खाल्टो किन भनेर कसैले सोध्यो भने
समृद्धि ल्याउन भन्नु छ !

कसम नयाँ खानु छ
झुटको खेती गर्नु छ !
मल हालेर सप्रिँदैन झुटको बोट
बोटको वरिपरि भ्रम छर्नु छ !

आफूले गरेको भ्रष्टाचारलाई
अरुले गरेको भनेर देखाउनु छ !
यता बनाएकै छैन
उता उदघाटन भएको समाचार लेखाउनु छ !

घटीमा पनि
दुई सय किलो फूलको माला पहिरिनु छ !
माला पहिरन
कहिले यता कहिले उता गइरहनु छ !
नेता मात्रै भएर पुग्दैन फेरि
राजनेता भइरहनु छ !

एउटा हातले देशको झण्डा उचाल्नु छ !
अर्को हातले-
जनताको आँखामा छारो हाल्नु छ !
छारो नहाले देख्छन् आँखाले
लाइटर र सलाई बोकेर संसदमा पाल्नु छ !
निकै जाडो हुन्छ भन्छन् आउने माघमा
आगो ताप्न पेट्रोल छर्केर-
फेरि एकचोटि संसद बाल्नु छ !!

०००
हाल, अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x