सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आगो ताप्न

जनताको आँखामा छारो हाल्नु छ ! छारो नहाले देख्छन् आँखाले लाइटर र सलाई बोकेर संसदमा पाल्नु छ ! निकै जाडो हुन्छ भन्छन् आउने माघमा आगो ताप्न पेट्रोल छर्केर- फेरि एकचोटि संसद बाल्नु छ !!

Nepal Telecom ad

सप्रेको जति मैले
बिग्रेको जति तैँले भनेर भन्नु छ !
खेदोको स्काभेटर चलाउनु छ
खाल्टो खन्नु छ !
खाल्टो किन भनेर कसैले सोध्यो भने
समृद्धि ल्याउन भन्नु छ !

कसम नयाँ खानु छ
झुटको खेती गर्नु छ !
मल हालेर सप्रिँदैन झुटको बोट
बोटको वरिपरि भ्रम छर्नु छ !

आफूले गरेको भ्रष्टाचारलाई
अरुले गरेको भनेर देखाउनु छ !
यता बनाएकै छैन
उता उदघाटन भएको समाचार लेखाउनु छ !

घटीमा पनि
दुई सय किलो फूलको माला पहिरिनु छ !
माला पहिरन
कहिले यता कहिले उता गइरहनु छ !
नेता मात्रै भएर पुग्दैन फेरि
राजनेता भइरहनु छ !

एउटा हातले देशको झण्डा उचाल्नु छ !
अर्को हातले-
जनताको आँखामा छारो हाल्नु छ !
छारो नहाले देख्छन् आँखाले
लाइटर र सलाई बोकेर संसदमा पाल्नु छ !
निकै जाडो हुन्छ भन्छन् आउने माघमा
आगो ताप्न पेट्रोल छर्केर-
फेरि एकचोटि संसद बाल्नु छ !!

०००
हाल, अस्ट्रेलिया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
ती शहीद भए !!

ती शहीद भए !!

अर्जुन पराजुली
उचाल्नु भाे

उचाल्नु भाे

अर्जुन पराजुली
फुर्सद छैन

फुर्सद छैन

अर्जुन पराजुली
राहत

राहत

अर्जुन पराजुली
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’