साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा महात्म्य

“झगडा त क्या गरियो नि !” “कम्निष्ट परियो नि !” “आलो-पालो - जिन्दावाद !” “खान थालो - जिन्दावाद !” “देख्ने, सुन्ने - सेन्टीफ्लाट !” डिभोर्स-एकता - जिन्दावाद ! हाम्रो सद्धिान्त - कुर्सी र दाँत !!

Nepal Telecom ad

“तँ प्रतिगामी !”
“तँ परमादेशगामी !”
“तँ टुक्के !”
“तँ हुक्के !”
“तँ चेपारे !”
“तँ छेपारे !”
“तँ एकलकाँटे !”
“तँ रागेपाटे !”
“तँ भाइमारा !”
“तँ खाइमारा !”
“तँ बार्दली !”
“तँ बरण्डा !”
“तँ तोरीको बा !”
“तँ चो।ीको बा !”
“तँ तरवार बेचुवा !”
“तँ घीउ बेचुवा !”
“तँ सुँगुरको खोर !”
“तँ कुखुरा चोर !”
“बढी नबोल्-
म तँलाई हात हाल्छु ।”
“चुप लाग-
म तँलाई अँगालो हाल्छु !”
“सरी !”
“मेरो दुइटा सरी !”
“झगडा त क्या गरियो नि !”
“कम्निष्ट परियो नि !”
“आलो-पालो – जिन्दावाद !”
“खान थालो – जिन्दावाद !”
“देख्ने, सुन्ने – सेन्टीफ्लाट !”

डिभोर्स-एकता – जिन्दावाद !
हाम्रो सद्धिान्त – कुर्सी र दाँत !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x