साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराजुलीका चार चड्कन

डाक्टर साहेब ! बिरामी चेक गर्न जानै थियो एक घन्टा पछि गएको भए के हुन्थ्यो ?! बिरामी साहेब ! बिरामी हुनै थियो एक घन्टापछि भएको भएको के हुन्थ्यो ?!

Nepal Telecom ad

१.
खुकुरीहरू भोकाए भन्दैमा
उनीहरूलाई
शीर जिम्मा लाउन सकिँदैन ।
हरिभजन गाए भन्दैमा
मूर्तिचोरहरूलाई
मन्दिर जिम्मा लाउन सकिँदैन ।

२.
उहिले उहिले
प्रेमी प्रेमिका भेट भएपछि
अँगालो नहालेर
एकले अर्काको अनुहार हेर्थे
अहिले
अँगालो हालेर
आफ्नु आफ्नु मोबाइल हेर्छन् ।

३.
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा
हिँड्ने
को हो त्यो डाक्टर ?!
राष्ट्रपति सवारी हुने बेलामा
किरामी हुने को त्यो बिरामी ?!

डाक्टर साहेब !
बिरामी चेक गर्न जानै थियो
एक घन्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामी साहेब !
बिरामी हुनै थियो
एक घन्टापछि भएको भएको के हुन्थ्यो ?!

४.
प्रेममा पर्नेहरूले-
उहिले उहिले
रोएर सिरानी भिजाउँथे
अहिले
रोएर फेसबुक भिजाउँछन् !

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x