साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम श्रद्धाञ्जली

आमा तिमीलाई धिक्कार छ गर्भ मै तुहिनुपर्ने दासहरूलाई तिमीले व्यर्थ जन्म दियौ । तिमीले जन्माएका ती सबै दासहरूलाई नयाँ सृष्टिलाई रोक्ने बुढा गोरुहरूलाई मेरो देशका जीवित नेताहरूलाई अन्तिम श्रद्धाञ्जली ।

Nepal Telecom ad

मेरो देशको इतिहास,
(१)
उसले अलिकति बल गर्‍यो
मैले अलिकति शिर झुकाएँ
दयामा उसले मेरो गर्धनमाथि
तरवार चलाएन ।

टाट्नामा बाँधेर मलाई
ढुङ्गा जस्तो देवता

देवता जस्तो मान्छेले
नाम र नम्वर फेरेर
बन्द पर्खालभित्र
मेरै रगत पसिनामा रमाइरहेछ
शकुनी पासा थापेर
कुम्भकणर् निदाइरहेछ ।

(२)
दया पूर्वका टाट्नामा झुण्डाइएको
म यो देशको नेता हुँ
बुढो गोरुले वाछीलाई
गर्भधान गराउन नसक्ने ।

वन्द पर्खाल भित्रको
हरियो घाँसको लोभले
टाट्नामा झुण्डिएर
म सधैं
सपनाको लड्डु खाइरहेछु ।

मेरो भगवानलाई
आरती उतारिरहेछु
स्यालले झैं
झर्ला र खाउँला भनेर
र्‍याल चुहाइरहेछु
विन्तिपत्र हालिरहेछु
भाका फेरी फेरि गीत गाइरहेछु
घम्कीको भाषामा चाकडी बजाइरहेछु ।

मेरो भगवानको
अरु कसैलाई किन विरोध गर्न दिन्थें र
म आफैंले
चर्को नारा लगाइरहेछु ।

दासता र दमन सहेर
स्वभिमानी सन्तानहरूलाई
निसन्तान वनाउने
म बुढो गोरु हुँ
वाछीको गर्भधान रोकिरहेछु
नयाँ सृष्टिलाई
नयाँ सन्ततीलाई
धोका दिइरहेछु ।

(३)
सर्पको मुखमा परेको
भ्यागुत्तोले झैं
जिब्रो ललकारेर
आफ्नै सन्ततीलाई निलिरहेछु ।

आमा तिमीलाई धिक्कार छ
गर्भ मै तुहिनुपर्ने
दासहरूलाई तिमीले
व्यर्थ जन्म दियौ ।

तिमीले जन्माएका
ती सबै दासहरूलाई
नयाँ सृष्टिलाई रोक्ने बुढा गोरुहरूलाई
मेरो देशका जीवित नेताहरूलाई
अन्तिम श्रद्धाञ्जली ।
०००
२५ अगस्त २००५
भर्जिनिया, अमेरिका
‘आवाज‘ सेप्टेम्बर २००५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो, मलाई सम्मान नगर !

भो, मलाई सम्मान नगर...

लेखनाथ भण्डारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x