साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको देश

बढो श्रद्धा पलाइरहेको छ महान् कविप्रति, मथिङ्गल छक्क परेको छ कविको हृदयमा बसेको अर्को हृदयको कोमलता कस्तो कस्तो बुझ्नै नसकिने रहस्यमयी अवतारी झैं हुने रहेछ, कवि कति बाठा र दूरदर्शी हुने रहेछन् ?

Nepal Telecom ad

एकदिन
कविको देशमा
सगरमाथा जत्तिकै अग्लो कविले
उसैका लागि सजाएको अग्लो मञ्चमा उभिएर भन्यो
केटा हो !
अब संसारमा जहाँ बसेर रमाए पनि हुन्छ
अब संसारको जुनसुकै कुनामा बसेर जागिर खाए पनि हुन्छ ।

त्यसै दिनदेखि
अरबमा हिँउको पहिरो जान थाल्यो
त्यसै दिनदेखि
कतारमा बाथरुमभित्र पसेर भुँइ सफा गर्ने झोल पिएको
एउटा वीर केटाको
बिहान चिसो भइसकेको लासले पनि मुक्ति पायो,
मालिकको यौनदासी भइरहेकी
कविकी चेलीले पनि जीवन पाई,
बाकसमा रमाउँदै नाँच्दै उफ्रिदैं आयो
सयतला माथिबाट अचानक झरेर मरेको लास ।

उफ् ! कायापलट भयो
एउटा कविले बोलेका
सूत्रयुक्त सार वाक्य
वाक्य मात्र रहेन
मन्त्रको दर्जामा गयो,
र कविको देशमा बार कक्षा नै शिक्षाको अन्तिम चुचुरो हुन गयो ।
स्कुलहरूले परदेश जाने विषयका हिसाब पढाउन थाले
र कविसँग विषयसूची माग्न थाले
शिशु कक्षा पढ्नेहरू पनि सपनामा
विदेश जाने भनेर बर्बराउन थाले ।

त्यसअघिसम्म त
कविका देशका सत्तारोहीहरू खुलेआम बोल्न डराउथेँ,
लुकिलुकी फ्रि भिषा टिकटको नियम बनाउथेँ
र कम्पनीसँग दलाल दक्षिणा उठाउँथे
तर मजदुरहरू पुरै हिसाब चुकाउँथे,
इतिहासको जाकटि राखेर
सपनाको आधा हिस्सा दस्तुरमा बुझाउँथे
परिवारको सामिप्य छातीमै लुकाउथे
तर एकदिन यतै फर्किआउने
सुन्दर दिनको कल्पना गर्थे,
अब पर बसेकाहरू फर्किने हो कि होइन कविको देशमा
दोधारमा अल्झिबसेका छन् ।

कविको देशमा
घरिघरि सनसनी खबर छापिन थाल्यो
उतापरबाट पठाएको तारैतार झर्ने पसिनासुको आएन भने त
देशैभरि भोकमरि लाग्छ
देश ऋणमा चुर्लुम्म डुब्छ
यसपछि
समस्त देशबासीको वियोग आँसु सङ्कलन गरेर
हिमालयको पानी झैं बेच्न सकिने विकल्पहरू पनि आए
अर्थमन्त्री बसेर हरियो पैसा गन्न थाल्यो ।

वृद्ध जीवितहरू जीवनको बाँकी भयवीत एकान्तसँग
रमाउन थाले
आफ्नै रोगहरूको जोक बनाएर सुनाउन थाले
तातोपानी तताउन नसक्नेहरूले
काम्दैकाम्दै
आफ्नै गालामा झरेको न्यानो आँसु चाटेर तिर्खा मारे,
देशबाहिर सन्तान भएर यता एक्लै मरेका मृतकहरू
आगो बोकेर स्वयम् घाटघाटमा गए
आफैंलाई दागबत्ती दिन थाले
यसै विषयमा कविले भावुक नाटक बनाए
पैसा र प्रशिद्धिको अर्को शिखर चढे ।

बढो श्रद्धा पलाइरहेको छ महान् कविप्रति,
मथिङ्गल छक्क परेको छ
कविको हृदयमा बसेको अर्को हृदयको कोमलता कस्तो कस्तो
बुझ्नै नसकिने रहस्यमयी
अवतारी झैं हुने रहेछ,
कवि कति बाठा र दूरदर्शी हुने रहेछन् ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कविको देशमा- २

कविको देशमा- २

ज्योति जङ्गल
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x