साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृसम्मानमा स्रष्टा र सिर्जनाको जमघट

दुई घन्टासम्म चलेको कार्यक्रममा नेपाल र अमेरिकाका बिभिन्न प्रान्तहरूबाट वरिष्ठदेखि नवागत साहित्यकारहरू र साहित्यमा रुचि राख्ने व्यक्तिहरूको प्रत्यक्ष सहभागिता थियो ।

Nepal Telecom ad

फ्लोरिडा, ०८० बैसाख १० तदनुसार अप्रील २२ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टरले सम्पूर्ण आमाहरूको सम्मान र सम्झनामा सिर्जना बाचन कार्यक्रम आयोजना गरेको थियो ।

मातातीर्थ औँशी अर्थात मातृसम्मानका अवसर पारेर सहित्य समाजले आमाहरूको सम्माानमा यो कार्यक्रमको आयोजना गरेको हो ।

जुम मार्फत गरिएको उक्त कार्यक्रमको संयोजन संस्थाका अध्यक्ष डा. अमर कार्कीले गर्नु भएको थियो । दुई घन्टासम्म चलेको कार्यक्रममा नेपाल र अमेरिकाका बिभिन्न प्रान्तहरूबाट वरिष्ठदेखि नवागत साहित्यकारहरू र साहित्यमा रुचि राख्ने व्यक्तिहरूको प्रत्यक्ष सहभागिता थियो ।

कार्यक्रममा नेपालबाट साहित्यकारहरू कलानिधि दाहाल, प्रकाश अर्याल, नरनाथ लुइँटेल, इन्दिरा देबकोटा, मिथिला अधिकारी र ज्ञाननिष्ठ ज्ञवालीले आमाहरूको सम्मानमा आफ्ना सिर्जना र बिचार व्यक्त गर्नु भएको थियो । फ्लोरिडाबाट डा. अमर कार्की, कृष्ण श्रेष्ठ, प्रमिता रेग्मी, डा. चूडामणि खनाल, निजानन्द मल्ल, भुसन दाहाल र मधु नेपालले आफ्ना सिर्जना सुनाउनु भयो ।

त्यसैगरी क्यालिफोर्नियाबाट बद्रीबहादुर कार्की, अलाबामाबाट बीर बोहोरा, टेक्सासबाट बिटु केसी र पवन लामिछाने, ओहायोबाट मुक्तकमणि तिर्थ अधिकारी, ओक्लोहोमाबाट बिश्वराज अधिकारी, न्युयोर्कबाट कुन्ती थापा, मिजौरीबाट उर्मिला निर्दोषी र डिसीबाट रबिन्द्र रजनी श्रेष्ठले पनि आफ्ना भाबना प्रस्तुत गर्नु भएको थियो ।

आमाहरूकै सम्झनामा अनेसास संवाद
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार सिर्जनामा आमा शीर्षकको कार्यक्रम सम्पन्न गरेको छ । मातृ दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सर्जकले आमाप्रति समर्पित सिर्जना वाचन गरेका छन् ।

अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको उक्त कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीदेखि बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, विओटी उपसभापति तीर्थ पाण्डे, अनेसासका सल्लाहकार भारती गौतम, बीओटी सल्लाहकारहरू तीर्थराज अधिकारी, रोहिणी शर्मा र पुरू सुवेदी, पूर्व अध्यक्ष मोहन सिटौला, केन्द्रीय सदस्यहरू तारा अधिकारी, शकुन ज्ञवाली र सरिता अर्याल, अनेसास च्याप्टरका गीता बजगाईं, नम्रता गुरागाईं, गीता कार्की, डिल्ली अमाई, डन कार्की, तारा उप्रेती, नीलकण्ठ सुवेदी, गंगा लिगल, उर्मिला निर्दोषी, रीतादेवी प्रधान, गोमा रेग्मी, सहदेव कोइराला, जगन्नाथ पौडेल, प्रेमप्रसाद पौडेल, अग्नि पराजुली, कोमल भट्ट, रश्मि रिमाल, डा. खगेन्द्र दाहाल, अम्बिका भण्डारी, उर्मिला सुवेदी गंगा अभिलाषीलगायतले सिर्जना वाचन गरेका थिए ।

अनेसासको साप्ताहिक कार्यक्रम अनेसास संवादको नवीन श्रृङ्खला स्वरूप आयोजित यो विशेष कार्यक्रम अनेसासका केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा सम्पन्न भएको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x