साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशभक्ति नाराभन्दा माथि- के छ र ?

नीतिगत भ्रष्टाचार मौलाएको छ देश हाँक्ने चालक जो बौलाएको छ सत्ता हाँक्छ नेपथ्यमा साथी बसेर देशभक्ति नाराभन्दा माथि - के छ र ?

Nepal Telecom ad

देशभित्र बसुन्जेल काम नगर्ने
विदेशमा पुगेपछि जे पनि गर्ने
यस्ता युवा भएपछि देश बन्छ र ?
देशभक्ति नाराभन्दा बढी के छ र ?

इतिहास सम्झिएर गोर्खा शक्तिको
बलभद्र भीमसेन थापा भक्तिको
के काम भो छिमेकीको मान्दछौँ डर
देशभक्ति नाराभन्दा बढी के छ र ?

भाषा बोल्छौँ विदेशको भेष उतैको
चाड मान्छौँ आज हामी जतासुकैको
देश खोक्रो पार्न अरू के चाहिन्छ र ?
देशभक्ति नाराभन्दा बढी के छ र ?

नैतिकता गुमाउँदै देख्छु समाज
युवापिँढी देखिँदैछ निर्लज्ज आज
सस्तो लोकप्रिय बन्ने होड देखेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

नेताजीका भाषणमा मख्ख जनता
ताली ठोक्ने काम पायौ के छ भन त ?
पछारेर देशलाई चुम्छौ शिखर ?
देशभक्ति नाराभन्दा माथि – के छ र ?

पसिना जो किसानको झर्छ खेतमा
अन्न पुग्छ धनाड्यको घ्याम्पे पेटमा
पानी बोकी नआउनू मेघ असार
देशभक्ति नाराभन्दा माथि – के छ र ?

बलात्कारी खुला घुम्छन् चेली मर्दछन्
तिनैलाई जोगाउने नेता गर्दछन्
दिक्क लाग्छ अगुवाको चाला देखेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

नीतिगत भ्रष्टाचार मौलाएको छ
देश हाँक्ने चालक जो बौलाएको छ
सत्ता हाँक्छ नेपथ्यमा साथी बसेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

०००
मेचीनगर, झापा
हाल- बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x