सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशभक्ति नाराभन्दा माथि- के छ र ?

नीतिगत भ्रष्टाचार मौलाएको छ देश हाँक्ने चालक जो बौलाएको छ सत्ता हाँक्छ नेपथ्यमा साथी बसेर देशभक्ति नाराभन्दा माथि - के छ र ?

Nepal Telecom ad

देशभित्र बसुन्जेल काम नगर्ने
विदेशमा पुगेपछि जे पनि गर्ने
यस्ता युवा भएपछि देश बन्छ र ?
देशभक्ति नाराभन्दा बढी के छ र ?

इतिहास सम्झिएर गोर्खा शक्तिको
बलभद्र भीमसेन थापा भक्तिको
के काम भो छिमेकीको मान्दछौँ डर
देशभक्ति नाराभन्दा बढी के छ र ?

भाषा बोल्छौँ विदेशको भेष उतैको
चाड मान्छौँ आज हामी जतासुकैको
देश खोक्रो पार्न अरू के चाहिन्छ र ?
देशभक्ति नाराभन्दा बढी के छ र ?

नैतिकता गुमाउँदै देख्छु समाज
युवापिँढी देखिँदैछ निर्लज्ज आज
सस्तो लोकप्रिय बन्ने होड देखेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

नेताजीका भाषणमा मख्ख जनता
ताली ठोक्ने काम पायौ के छ भन त ?
पछारेर देशलाई चुम्छौ शिखर ?
देशभक्ति नाराभन्दा माथि – के छ र ?

पसिना जो किसानको झर्छ खेतमा
अन्न पुग्छ धनाड्यको घ्याम्पे पेटमा
पानी बोकी नआउनू मेघ असार
देशभक्ति नाराभन्दा माथि – के छ र ?

बलात्कारी खुला घुम्छन् चेली मर्दछन्
तिनैलाई जोगाउने नेता गर्दछन्
दिक्क लाग्छ अगुवाको चाला देखेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

नीतिगत भ्रष्टाचार मौलाएको छ
देश हाँक्ने चालक जो बौलाएको छ
सत्ता हाँक्छ नेपथ्यमा साथी बसेर
देशभक्ति नाराभन्दा माथि – के छ र ?

०००
मेचीनगर, झापा
हाल- बेलायत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
लाग्छौ तिमी ईश्वरझैँ मलाई

लाग्छौ तिमी ईश्वरझैँ मलाई

दुष्यन्त भट्टराई
बङ्करबाट विलौना

बङ्करबाट विलौना

दुष्यन्त भट्टराई
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
मेरा लागि व्रत नबस

मेरा लागि व्रत नबस

दुष्यन्त भट्टराई
प्यारी र दाह्रीको जुहारी

प्यारी र दाह्रीको जुहारी

दुष्यन्त भट्टराई
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली