साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्ध हुनु पाप हैन

सुने है सबैले, बुझे यो कहानी छ पालो बनेको, यहाँ जिन्दगानी कहाँ पाप हो यो, हुने वृद्ध वृद्धा सबैको छ पालो, परेको अवस्था।

Nepal Telecom ad

गरौं वृद्धलाई, समालेर मान
हुने वृद्ध वृद्धा, सबै हौँ तमाम
न छेकेर छेकिन्छ यो सभ्यतामा
न रोकेर रोकिन्छ केही पलामा।
(१)

न हो पाप वृद्धा, भएको अवस्था
बुझे सत्य यौटै, सबैको समस्या
नियालेर हेरे, घडा जिन्दगीमा
सबै बन्नु पर्ने, बुढा जिन्दगीमा।

(२)
नहेपे कसैले बुढा यो भनेर
नचेपे कसैले, घमन्डी बनेर
यहाँ र्‍याल झर्दा,नमानौँ न दिक्क
हुँदा तीव्र खोकी, छ छाती चरक्क।
(३)

बिती बाल्य आयो युवाको अवस्था
बडो तेज चल्थ्यौँ, हुनेथ्यो सुबिस्ता
शनैः हेर आयो, बुढो जिन्दगी यो
हुँदा शक्ति थोरै, मुढो जिन्दगी भो।

(४)
यहाँ हुन्छ झर्को, सँगै बस्नु पर्दा
झिँजो लाग्छ भन्छन्, सँगै पाल्नु पर्दा
सधैँ जिन्दगीमा, बुढो भो तगारो
हुँदा स्वार्थ धेरै, भयो बाँच्न गाह्रो।

(५)
सुने है सबैले, बुझे यो कहानी
छ पालो बनेको, यहाँ जिन्दगानी
कहाँ पाप हो यो, हुने वृद्ध वृद्धा
सबैको छ पालो, परेको अवस्था।
(६)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x