सुलसुलेसाहित्यकार यमुना अधिकारीलाई स्रष्टा सम्मान
नेपाली साहित्यमा क्रियाशील भइकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे नगद राशि रु १५,१११ रहेको छ । सो सम्मान नेपाली शिक्षा परिषदकी अध्यक्ष तथा साहित्य साधक रमा शर्माले प्रदान गर्नुभएको थियो ।

काठमाडौं, ०८० वैशाख ९, नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ ।
नेपाली साहित्यमा क्रियाशील भइकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे नगद राशि रु १५,१११ रहेको छ । सो सम्मान नेपाली शिक्षा परिषदकी अध्यक्ष तथा साहित्य साधक रमा शर्माले प्रदान गर्नुभएको थियो ।
अक्सिजन कविका रुपमा परिचित कवि बालकृष्ण अधिकारीकी बुहारी हुनुहुन्छ यमुना अधिकारी । उहाँले ससुरालाई स्कुटरमा राखेर नियमित रुपमा साहित्यिक सभा, समारोह, गोष्ठीहरूमा लिएर जाने गर्नुहुन्थ्यो । त्यसैको प्रभाव र प्रेरणाले साहित्यिक सिर्जनामा लाग्नुभएकी यमुनाका हाल बालसाहित्यका सात र गजलसङ्ग्रह प्रकाशित छन् ।
गीतकार पुष्पा खनालले वि.सं.२०७५मा आप्mनी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसक्नु भएको छ ।
कार्यक्रममा गीतकार पुष्पा खनालका दुई गीतको लोकार्पण पनि गरिएको थियो । गायक, सङ्गीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले गीत गाएर सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गाउनुभएको गीत पनि प्रसारण गरिएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा भएको सम्मान समारोहमा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तककार प्रकाश घायल र कवि मधु पाठकले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































