सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरव अर्यालको पुर्ख्याैली थलोमा हास्यव्यङ्ग्य कविता प्रतियोगिता

प्रतियोगितामा काठमाडौंका रत्ननिधि रेग्मी शुक्राचार्यको कविताले प्रथम स्थान प्राप्त गरेको छ भने चितवनका चिरञ्जीवी दाहालको कविता द्वितीय र उर्लाबारी, मोरङका अनिल पौडेल ‘कीर्ते’को कविताले तृतीय स्थान प्राप्त गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ९ । भैरव अर्यालको पुर्ख्याैली थलो गोकर्णेश्वर, दक्षिणढोका स्थित भैरव स्मृति पुस्तकालयद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा काठमाडौंका रत्ननिधि रेग्मी शुक्राचार्यको कविताले प्रथम स्थान प्राप्त गरेको छ भने चितवनका चिरञ्जीवी दाहालको कविता द्वितीय र उर्लाबारी, मोरङका अनिल पौडेल ‘कीर्ते’को कविताले तृतीय स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा भोलानाथ सुवेदी (ओखलढुङ्गा) र संयोग बस्याल (कास्की)का कवितालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

प्रथम स्थान प्राप्त कवितालाई नगद रु. २५ हजार, द्वितीय स्थान प्राप्त कवितालाई नगद रु. २० हजार, तृतीय स्थान प्राप्त कवितालाई रु. १५ हजार र सान्त्वनाका लागि नगद रु. ५, ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको निम्ति प्राप्त भएका कविताहरू मध्येबाट छनोट गरी १५ जना कविहरूलाई कविता वाचन गर्न आमन्त्रण गरिएको थियो ।

साहित्यकार विजय चालिसेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष केशव गुरुङ, साहित्यकार गोविन्द घिमिरे वेदमणि, नियात्राकार पोषरमण चापागाईं, गायक/संगीतकार जिवेश चाम्लिङ राई विशेष आतिथ्य रहेका थिए ।

स्रष्टाहरू युवराज मैनाली, ठाकुरप्रसाद शर्मा र बाजुराम पौडेल रहेको मूल्याङ्कन समितिले उत्कृष्ट १५ जनाको नाम सूची पहिले नै सार्वजनिक गरेको थियो । यसरी छनोट सूचीमा परेकाहरूहरू मध्ये  रुद्रप्रसाद दुलाल, भोलानाथ सुवेदी, ललिता ‘दोषी’ चिरञ्जीवी दाहाल,  अनिल पौडेल ‘कीर्ते’, धनपति ढुङ्गेल, अच्युतप्रसाद पौडेल, शैशव भण्डारी, रत्ननिभि रेग्मी, शोभा दाहाल, संयोग बस्याल, सुशीला प्रधानाङ्ग र डिल्लीप्रसाद मूलतिहुनले आफ्ना प्रतियोगी हास्यव्यङ्ग्य रचना वाचन गरेका थिए ।

पुस्तकालयका अध्यक्ष रेखा अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष देव गुरुङले मन्तव्य र छनोट समितिका तर्फबाट युवराज मैनालीले बधाइ ज्ञापन गर्नुभएको थियो ।

प्रमुख अतिथिको आशनबाट साहित्यकार विजय चालिसेले भैरवले टेकेको यो माटोमा हास्यव्यङ्ग्य कविता केन्द्रित यो प्रतियोगिता आयोजना हुनु हामी सबैका लागि गौरवको विषय रहेको बताउँदै प्रतियोगितिामा सहभागी सबैलाई धन्यवाद दिनु भयो र पुरस्कृत कविहरूलाई हार्दिक बधाइ ज्ञापन गर्नु भयो ।

प्रतियोगिता कार्यक्रमका संयोजक अच्युत घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

०००
– अनिल पौडेल ‘कीर्ते’को सहयोगमा फित्कौली डेस्क

Fitkauli Publication Books comming soon
Nepal Telecom ad