साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

शुद्ध छन् विचार वृद्ध माझमा । कर्म फुल्छ फल्छ वृद्ध काँधमा ॥ ओखती बनेर वृद्ध छन् खडा । वृद्ध हुन् मसाल क्रान्तिका घडा ॥

Nepal Telecom ad

वृद्धका मुहार चाउरी हुँदा ।
छन् त्यहाँ हजार चेतना सदा ॥
ज्ञान छन् अपूर्व साधना पनि ।
छन् यिनी अपार बोधका धनी ॥१

र्‍यालमा बगेर झर्छ राग जो ।
हीनता मरेर मिल्छ सार जो ॥
वृद्धमा रहन्छ दिव्य भावना ।
छन् त्यहाँ अभीष्ट मिष्ट चाहना ।२

श्वेत ती कपालमा हुँदा दया ।
दुःखमा सजीव घुल्छ सौम्यता ॥
लुक्नसक्छ दर्द मौनता सबै ।
मर्छ लोभ क्रोध खिन्नता सबै ॥३

वृद्ध हुन् समग्र मार्गदर्शक ।
वृद्ध स्वप्नशील हुन् मार्गरक्षक ॥
हौसला बटुल्न थाल्छ जीवनी ।
वृद्ध काव्यकार हुन् कथा यिनी ।

शुद्ध छन् विचार वृद्ध माझमा ।
कर्म फुल्छ फल्छ वृद्ध काँधमा ॥
ओखती बनेर वृद्ध छन् खडा ।
वृद्ध हुन् मसाल क्रान्तिका घडा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x