साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको देशमा- २

उनीहरू शरम ग्रहणमा आएका हुन् कि कुनै आदिम लुगा भिराएको बुख्याँचाको नाच हेर्न आएका हुन् कि उनीहरू कविताको मलाममा शङ्खधून सुन्न आएका हुन् ?

Nepal Telecom ad

ज्योति जङ्गल :

कविको देशमा
उमेर पुगेको एउटा ठेट्नो अक्सर उभिन्छ मञ्चमा
र गहन कविताको अवमन्थन गर्छ ।
उसलाई ठट्टा भद्दा लाग्दैन
बहिस्कार गर्छ ऊ श्लील बिम्ब
र समागमको माहोल बनाउँछ सभालाई ।
कविताको पुस्तक हातमा लिएपछि
पढ्नै पर्दैन उसलाई त्योभित्र के छ ?
गाताहरूलाई ओठ भनिदिन्छ,
पानाहरू छुनै पर्दैन उसले
अक्षरहरूलाई परेला भनिदिन्छ ।

कविको देशमा
अक्सर एउटा ठेट्ने आकृति
हल्लिँदै हल्लिँदै
हाउभाउसहित मञ्चमा उभिन्छ कविता बुझाउन
र सम्पूणर् आफ्नो अहम् व्यक्त गर्छ ।

वैरागी लबजलाई भिजाएर कामुक र्‍यालले
ऊ दार्शनिकताको अपव्याख्या गर्छ
र शब्दसमाधिको भग्न देशना गर्छ ।
सम्झन्छ आफैंलाई
सर्वश्रेष्ठ अभिनायक हो कविताबाट जन्मिएको
मानौं ऊसँग मात्र छ आधिकारिकता कविताको ।

कविको देशमा,
कविता सभाका
उपेक्षित दर्शकहरु बुझ्न सक्दैनन्
उनीहरू शरम ग्रहणमा आएका हुन् कि
कुनै आदिम लुगा भिराएको बुख्याँचाको नाच हेर्न आएका हुन्
कि उनीहरू
कविताको मलाममा शङ्खधून सुन्न आएका हुन् ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविको देश

कविको देश

ज्योति जङ्गल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x