सुलसुलेआँचलले बृहत साहित्यिक तथा सांस्कृतिक कार्यकम गर्ने
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा यही जेठ १९ र २० गते २ दिने कार्यक्रम हेटौंडा पाटी प्यालेसमा सञ्चालन हुने अध्यक्ष भावना सापकोटाले बताउनु भयो ।

हेटौंडा, ०८० जेठ १८ । आँचल साहित्य कला पुञ्ज मकवानपुर बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता, लैङ्गिक अधिकारसम्बन्धी बहस, साङ्गीतिक कार्यक्रम, हास्यव्यङ्ग्य प्रस्तुति, साहित्यिक बहस, गीत, कविता, गजल, मुक्तक, सूत्र कथा आदि प्रस्तुतिका साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको रचना प्रस्तुति रहनेछन् ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा यही जेठ १९ र २० गते २ दिने कार्यक्रम हेटौंडा पाटी प्यालेसमा सञ्चालन हुने अध्यक्ष भावना सापकोटाले बताउनु भयो ।
साहित्य तथा कला क्षेत्रमा आबद्ध महिला सर्जकहरू सम्मिलित यस संस्था वि.सं. २०६९ मा महाकाव्यकार मुना अर्यालको अध्यक्षतामा स्थापना भएको हो ।
विभिन्न प्रतियोगिता, कार्यशाला, बहस, पुस्तक चर्चा, स्रस्टा सम्मान, विमोचन जस्ता गतिविधिमा सक्रिय रही आएको छ ।
०००
– संप्रस पौडेल
Subscribe
Login
0 Comments
Oldest












































