साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह बूढा, वाह बूढा !

अनि भरतपुरे जनता र हजुरमा के फरक भयो त ? लाटो होइन हजुर ! वाह बूढा वाह, भन्नुपरेन त ! ??” यता त न सोचेको मैले, यो कुरा छोरालाई सुनाउने, आजको नास्ता भुइँकटहर !”

Nepal Telecom ad

धनराज गिरी :

… सम्पदा खुशीको मनमा केही दिन यता एउटा कुराले घर गरिरहेछ । राजनीति गर्नेहरूको मनमा केही दिन “लौरो र भुइँकटहर’” विम्व बसेजस्तै उनको मनमा पनि यो कुरा बसिरह्यो । कुरा उनको लागि अचम्मको थियो । यो स्वार्थी दुनियाँमा बिना मतलब कसैलाई मूल्य नदिने कुरा यी सोझी गृहमन्त्रीले पनि जिन्दगी नामको विश्व विद्यालयबाट धेरै कुरा सिकेकी छिन् । “किन यो बूढाले यो बालकलाई यति महत्व दिएका होलान् ? आज त जसरी पनि सोध्छु । हिम्मत गरेर चुनावमा होम्मिने विचार गरिन् ।

पतिदेव प्रोफेसर वीरनारायण आनन्द आफ्नै सुरमा केही लेख्दै थियो, खुशी नजिक आएर गाला मुसारेर बोलिन् “बूढा, एउटा कुरा सोध्छु है ?”

“एउटा मात्र किन ? धेरै सोध न, हेर म धेरै चेलाचेलीले सोधेको प्रश्नहरूको उत्तर दिएको मान्छे, नियास्रो लाग्यो प्रश्नको, सोध, ढुक्कसित सोध । मेरो पनि अब जे भने पनि तिमी त हो यो दुनियाँमा ! सोध !”

“बूढा, त्यो सानो बाबु गीतानाथ आलोकलाई किन हजुर त्यति माया गर्नुहुन्छ ? किताब किनिदिनु भयो । लुगा दिनुभयो । स्कूलको शुल्क पनि तिरेको रे, अझ घुमाउन पनि लानुभयो । ऊ पनि हजुरलाई देखेपछि पितामह भीष्मलाई देखेको अर्जुनजस्तो हुन्छ, किन यति माया ? गणित गुरु हो हजुर, हुन केही पाउने आशाले मात्र काम गर्नुहुन्न हजुर, तर यो माया अलि दैवी लाग्यो मलाई ! प्लीज साथी ! किन हो यति स्नेह ?”

“प्यारी, यो बालक चानचुने बालक होइन । यसको पछि लामो कहानी छ । यो सुगन्ध यात्रा हो । यसको मातापिता अहिले गरीब, पहिले हामीजस्तै, पछि हेरौली ! यसको आमाको नातेदारबाट मैले भोलि कुनै काम लिन पर्‍यो भने सजिलो हुन्छ । जीवन हो, कहाँ कुन मान्छे काम लाग्छ, के थाहा ? भन त, आफन्तहरूको साथ नभएको भए आज हामी यो महल, यो स्तरको जिन्दगीको मालिक हुन पाउने थियौं त ? आफन्त चाहिन्न ? एउटा मान्छे खुशी भए दश अरू खुशी हुने सम्भावना हुन्छ, जिन्दगी दुर्घटनाबाट जोगिन्छ क्या !”

“वाह बूढा वाह !! गज्जब तरकीव, हजुर त भरतपुरे जनता जस्तो पो हौ, क्या चलाख, क्या दूरदर्शी ! मानियो मानियो, आइडिया ईन्टरनेट !” उज्यालो अनुहार भयो सम्पदा खुशीको ।

“होइन, मैले पनि नबुझ्ने कुरा पो आयो त, किन म भरतपुरे जनता जस्तो ? किन प्यारी ?”
“लु, किन होइन ? छोरीलाई त्यति खेदो गरे, गर्नेहरूले, तर जनताले भोट दिए, जिताए, अब छोरी खुशी, छोरीको पिताश्री प्रफुल्ल, पिताश्री महाभारतको ‘बर्बरिक’ जोसित मिल्यो, उही शक्तिशाली, उसैको सरकार, टन्न बजेट भरतपुरमा, विकाश नै विकाश, जनतालाई फेसबुक चलाउनु छैन, काम हो जनताले खोज्ने, प्रचण्ड प्रगति, कुन्नि कुन प्रोफेसरले पनि अष्ट्रेलियादेखि, मेरी भान्जी, मेरी भान्जी भनेर नैतिक समर्थन गरेको रे, पाँच वर्षमा केही त भएको होला, अनि भरतपुरे जनता र हजुरमा के फरक भयो त ? लाटो होइन हजुर ! वाह बूढा वाह, भन्नुपरेन त ! ??” यता त न सोचेको मैले, यो कुरा छोरालाई सुनाउने, आजको नास्ता भुइँकटहर !”

“सोच्नुहुन्न, अनेक सोचेर बस्ने मानिसले यति जाबो कुरा ! आई लभ यू बूढा !!” मस्किन थालिन् खुशी, अनुहारको आभा, सुनगाभा ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x