साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं र मपाइँ

दाब्रिएर मरन्च्याँसे म लाभ्रिएर ठड्न्च्याँसे ज्यू एउटा दौडको प्रतियोगी पुरस्कारको घोचोमोचोमा टुप्पी ठड्याउँदै लुङ्गी खुस्क्याउँदै गन्तव्य भेट्न हुत्तिरहेछौँ, भुत्तिरहेछौँ ।

Nepal Telecom ad

अज्ञात युवक

मेरो टाउको ?
तेरो टाउको !
तालु र आलुका लागि
फुरौला र उफ्रौलाका लागि
हिजो ठडिएकै हो
आज ठिङ्गिएकै छ
सायद भोलि माटोमा जोतिनेछ

मेरो नाक ?
हजुरको नाक !
श्रीमतीज्यूले काटिदेलिन्

छोरो महोदयले हिलो पोत्ला
आफन्तले च्वाट्टै पार्लान्
र बाँकी रहला नाम मात्र
त्यसैले त मच्चाएर नाटक यत्रो
चलाइरहेछौँ खुत्रुक्कै भएर तपाई, हाम्रो भुत्रो

मेरो आँखा ?
हजुरको आँखा !
अर्धदेखि पूर्ण नग्नसम्म
सुरादेखि सुन्दरीसम्म
चस्मादेखि
भुसुनासम्मको रजाइँ गर्ने थलो
त्यसैले यी जोर आँखा
केही राम्रो देख्नै हुन्न
लाजै नमानी हेरिदिन्छन्
र त सधैँसधैँ
मैले फुरौलाका स्वादमा टुटिल्किनुपर्छ ।

मेरो कान ?
महोदयको कान !
कोकिल वाणीदेखि
सुशील गालीसम्म
सुन्ने बानीमा सजिलै मच्चिन थालेको छ
पवित्र पार्दै मुन्टिरहेको छ
सुन्ने गुन्ने
सबैसबै शब्दहरूमा

मेरो मुख ?
महाशयको मुख !
घिच्ने पनि हर्सुनलाई
थिच्ने पनि भर्कुनलाई
आँ गर्दै हाजिरी ठोकिरहेछ
सित्तैमा पाए
अलकत्रामा चिनी फेटेर
स्वाद मानीमानी धोकिरहेछ

मेरो भुँडी ?
श्रीमान्को भुँडी !
घुसदेखि भुससम्म
ठोसदेखि खोससम्म
कोच्न तयार छ
र त घ्याम्पे भुँडी
मलाई, श्रीमान्लाई भारी बोकाएर ठुस्किरहेछ

मेरो हात ?
जीको हात !
सोहोर्न र फोर्न
सकेसम्म अझै गाँसेर लम्ब्याउन
कज्याउँदै छ तनमनभरि

मेरो खुट्टा ?
ख्वामित्को खुट्टा !
लरखराइरहेछ खोयाबिर्केसँगै
सोहोर्ने र फोर्ने थलातिर
ठग्न र मग्न हुने दोबाटातिर
घिच्याइरहेछ, थच्याइरहेछ
र त लडखडाइरहेछौँ
ख्वामित् र म गल्लीहरूमा

मेरो शरीर ?
ज्यूको शरीर !
दाब्रिएर मरन्च्याँसे म
लाभ्रिएर ठड्न्च्याँसे ज्यू
एउटा दौडको प्रतियोगी
पुरस्कारको घोचोमोचोमा
टुप्पी ठड्याउँदै
लुङ्गी खुस्क्याउँदै
गन्तव्य भेट्न हुत्तिरहेछौँ, भुत्तिरहेछौँ ।

०००
गोकर्णेश्वर  ३, सुन्ताखान,
काठमाडौँ
९८४१८५१०२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मपाईं

मपाईं

अज्ञात युवक
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x