साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! (काव्य अंश- १)

थाल्यौँ उठ्न स्वयम् विचार बलमा बाबा बनाई मियो । उम्दा छन् जति मार्ग जीवनविषे बल्दै छ बाबा दियो ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल

बाबा हुन् गरिमा विशाल दिलका सत्कर्म आभा दिने ।
बाबा हुन् भव ज्ञान दिव्य हितको खोली सुबाटो दिने ॥
चिन्ता, ताप, तनाव भाग्दछ सबै बाबा सधैँ साथ हुन् ।
बाबा दूर गए अझै पर भए सन्तापका खात छन् ॥०१॥

बाबाले दृढ भाव सिर्जन दिए सद्ज्ञान अग्ला पथ ।
आफ्नो जीवन मार्गमा सहज नै गुड्दै छ उम्दा रथ ॥
बाबा ब्रह्म उदात्त पार्न गुणका खोल्छन् कला यत्नले ।
बाँकी पूर्ण बनाउने प्रण गरे बाँचिन्छ निस्वार्थले ॥०२॥

मान्छेका मनभावना सहजले चिन्ने सुबाटो दिने ।
अज्ञानीपन चेतका असजिला पन्साउँदै लम्किने ॥
बाँच्ने योग्य कला सुमानव हुने सत्कर्म सङ्ला दिए ।
बाबाकै बलले अनेक द्विविधा बाधाहरू नासिए ॥०३॥

जेजे योग्य छ कर्म गर्न भवमा हुन् शक्ति आभा पिता ।
बाँड्छन् भाव निका अनन्त हितका आकाश चुम्ने निका॥
गर्नै पर्छ सुकर्म नित्य मनमा गाँस्छन् सुकर्मी कला ।
लागू तौलन योग्य मूर्त पथमा के खोल्छ जम्मै गला ॥०४॥

पर्छन् कष्ट जहाँ त्यहाँ नरम छन् पानी बनी पग्लने ।
दुख्दा सन्तति दुख्दछन् हरघडी आफू स्वयम् डढ्दछन् ।
चाहून् योग्य सुमार्ग सन्तति खुली पानी सरी बग्दछन् ।
पाऊन् सत्य र तथ्य मार्ग सहजै झुक्नै परे झुक्दछन् ०५॥

ढुङ्गा गल्दछ ठोक्न लाग घनले गल्दैन बाबामन ।
पग्लन्छन् सब धातु अग्नि बलले पग्लन्न बाबामन ॥
बग्छन् वस्तु अनेक छाल बलले बग्दैन बाबामन ।
बेलामाफिक कर्म गर्न युगको तल्लीन बाबामन ॥०६॥

भोलेनाथ पुकार गर्छ मन यो पीडा सबै शान्त हुन् ।
काला छन् दिन हाल बिग्रन गयो हाँसो, खुसी दूर छन् ॥
चिन्ता, ताप, तनाव टोक्छ दिल यो सन्त्रासका राश छन् ।
भाग्यो शान्त उदात्त भाव पर भो चिन्ता कडा साथ छन् ॥०७॥

बाबाका कृत ख्याल गर्दछ हियो उड्दैन हावासँग ।
एक्लै बग्दछ कष्ट अश्रु जल त्यो देख्दैन सिङ्गो जग ॥
थाल्यौँ उठ्न स्वयम् विचार बलमा बाबा बनाई मियो ।
उम्दा छन् जति मार्ग जीवनविषे बल्दै छ बाबा दियो ॥०८॥

०००
भक्तपुर
(पोखरेलको अप्रकाशित खण्डकाव्य ‘बा’ लाई फित्कौली डटकमले क्रमशः प्रविष्ट गर्ने छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x