साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसासले सम्झियो युगकवि सिद्धिचरणलाई

कार्यक्रममा सभापति तथा अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले युगकविको सम्मान अनेसासको स्थापना कालदेखि नै कार्यक्रम गदै आएको बताउदै सबै च्याप्टरले महत्वका साथ कार्यक्रम गर्न अनुरोध गरे ।

Nepal Telecom ad

अनेसासले स्थापना कालदेखि नै अग्रज साहित्यकारहरूको सम्मानमा कार्यक्रम गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप शनिवार युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झने कार्य गरेको छ ।

नेपाली साहित्यको स्वच्छन्दतावादी धाराका प्रवर्तक मानिने कवि श्रेष्ठका बारेमा प्रा.डा. सावित्री मल्ल कक्षपति, डा. फडिन्द्रराज निरौला, बिओटी सभापति पदम विश्वकर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, सल्लाहकार भारती गौतम, बिओटी सल्लाहकार तीर्थराज अधिकारी, पूर्व अध्यक्ष मोहन सिटौला, रविचरण श्रेष्ठलगायतले सिद्धिचरणका बारेमा मन्तव्य राखे ।

कार्यक्रममा सभापति तथा अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले युगकविको सम्मान अनेसासको स्थापना कालदेखि नै कार्यक्रम गदै आएको बताउदै सबै च्याप्टरले महत्वका साथ कार्यक्रम गर्न अनुरोध गरे ।

अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी, साहित्यकारहरू रजनी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, गीता बजगाईं, तारा उप्रेती, मदनराज थापा, मीरा कोइराला, खेम रिजाललगायतले युगकविको सिर्जना वाचकका साथै सम्मान व्यक्त गरिएको उक्त कार्यक्रम अनेसास संवादको सिजन तीन को ३५ औँ शृङ्खला हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x