सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चोर वर्गीकरण

भित्रभित्रै आफ्नो मान्छे बचाउने होड, खाको पैसा लुकाएर बच्न खोज्ने जोड, दोष छोप्ने मिलोमतो अन्तरपार्टी मन्त्र, लाजमर्दो कार्यशैली कस्तो प्रजातन्त्र ?

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौड्याल

सानादेखि मझ्यौला र ठुला खाले चोर
थरीथरी भ्रष्टाचारको अपराध अघोर

छानबिनको मागदावी चर्चा सवै चोरको
फरक खाले नियम प्रयोग उपस्थिति खोरको

साना चोरलाइ यौटा व्यवहार मझ्यौलालाई अर्कै
ठुला चोरलाई विशेष छुट सम्मान उल्टै चर्कै

मझ्यौलाको लुकामारी भिआइपीको नाममा
ठुलासम्म पुग्ने भर्‍याङ लुकाउने ठाममा

मिडियामा प्रचार प्रसार कथा अनेकन
हैन, छैन, कसम भन्ने चोखो बन्ने पन

भित्रभित्रै आफ्नो मान्छे बचाउने होड
खाको पैसा लुकाएर बच्न खोज्ने जोड

दोष छोप्ने मिलोमतो अन्तरपार्टी मन्त्र
लाजमर्दो कार्यशैली कस्तो प्रजातन्त्र ?

तंैचुप मैचुप अवस्थाको केहि नेता स्वर
सवै काण्ड खुल्दै गए खोतलिने डर

स्वच्छ छानबिन भैद्योस् भन्ने जनताको आशा
हेर्न बाँकी चलचित्र आउँदा दिन तमासा ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभियान

अभियान

डा. लोकेन्द्रप्रसाद पौड्याल
अर्काको छोरो

अर्काको छोरो

डा. लोकेन्द्रप्रसाद पौड्याल
अवसरवादी प्रवृत्ति

अवसरवादी प्रवृत्ति

डा. लोकेन्द्रप्रसाद पौड्याल
दिनचर्या

दिनचर्या

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
काल

काल

डा. लोकेन्द्रप्रसाद पौड्याल
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल