साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर वर्गीकरण

भित्रभित्रै आफ्नो मान्छे बचाउने होड, खाको पैसा लुकाएर बच्न खोज्ने जोड, दोष छोप्ने मिलोमतो अन्तरपार्टी मन्त्र, लाजमर्दो कार्यशैली कस्तो प्रजातन्त्र ?

Nepal Telecom ad

डा.लोकेन्द्रप्रसाद पौड्याल

सानादेखि मझ्यौला र ठुला खाले चोर
थरीथरी भ्रष्टाचारको अपराध अघोर

छानबिनको मागदावी चर्चा सवै चोरको
फरक खाले नियम प्रयोग उपस्थिति खोरको

साना चोरलाइ यौटा व्यवहार मझ्यौलालाई अर्कै
ठुला चोरलाई विशेष छुट सम्मान उल्टै चर्कै

मझ्यौलाको लुकामारी भिआइपीको नाममा
ठुलासम्म पुग्ने भर्‍याङ लुकाउने ठाममा

मिडियामा प्रचार प्रसार कथा अनेकन
हैन, छैन, कसम भन्ने चोखो बन्ने पन

भित्रभित्रै आफ्नो मान्छे बचाउने होड
खाको पैसा लुकाएर बच्न खोज्ने जोड

दोष छोप्ने मिलोमतो अन्तरपार्टी मन्त्र
लाजमर्दो कार्यशैली कस्तो प्रजातन्त्र ?

तंैचुप मैचुप अवस्थाको केहि नेता स्वर
सवै काण्ड खुल्दै गए खोतलिने डर

स्वच्छ छानबिन भैद्योस् भन्ने जनताको आशा
हेर्न बाँकी चलचित्र आउँदा दिन तमासा ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x