सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कला प्रदर्शनीको आयोजना र पुरस्कृत कलाकारको नाम घोषणा

कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिएता पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १०, काठमाडौँ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिइएको हो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला विभाग प्रमुख तथा पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ तथा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, प्राज्ञसभा सदस्य प्रदिप शाक्य, प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी, चन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कलाकृतिको छनोट, मूल्याङ्कनसँगै क्याटलग प्रकाशन र डिस्प्लेको काम अन्तिम चरणमा छ ।’

प्रदर्शनीका सद्भावना दूत अनिल चित्रकारले देशलाई चिनाउने अठोटका साथ ललितकलाको क्षेत्रका काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीले नेपाललाई ललितकलाको स्रोतको देश भनेर चिनाउनुपर्छ । हाम्रो राष्ट्रिय पहिचानलाई ब्राण्ड बनाउनुपर्छ ।’

कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिएता पनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताउनुभयो । उहाँले नेपालको रैथाने कलालाई अझै बाहिर ल्याउन नसकिएको बताउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको बताउनु भयो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार हुन लागेको यस प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिनेछ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३६ जना कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १६ जना कलाकारका १६ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकार ७ कलाकृति रहेका छन् । लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद् तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा राखिनेछ ।

यसवर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिनेछ । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायण प्रसाद ढुंगानालाई प्रदान गरिनेछ । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरिनेछ भने राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिनेछ ।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कणर्ाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

समसामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्याङ्कन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार हुनुहुन्थ्यो ।

परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रवीन्द्र महर्जन र तारामान भोमजनलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल हुनुहुन्थ्यो ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहनुभएको थियो भने मूल्याङ्कन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ हुनुहुन्थ्यो ।

हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो ।

लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कणर्लाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधा अन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनुभएको थियो भने मूल्याङ्कन समितिमा डा.गोपाल ठाकुर, सुबोधचन्द्र दास र मेरिना चित्रकार हुनुहुन्थ्यो ।

परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्याङ्कन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो ।

समसामयिक मूर्ति कला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरिनेछ । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूणर्काजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्याङ्कन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो ।

‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरिने छ । राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिने छ ।

प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिने पनि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad