साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हाकिम भएको बेला

त्यो हाकिमको जागिर मैले एक महिना खाएको थिएँ लाग्छ अवकास भने मैले पहिलो दिन नै पाएको थिएँ बास्तवमा त्यो झाडुवाल नै त्यो कम्पनीको मालिक थियो ।

Nepal Telecom ad

नारायण भट्टराई

म हाकिम भएको दिन
मैले संसार जितेको थिएँ
म एउटा नयाँ अवस्थामा अवतरण भएको थिए
मेरो बोली र व्यवहार फेरिएको थियो
मेरो रबाफ फेरिएको थियो
मेरो खानपान फेरिएको थियो
म ठाँटिलो भएर अफिस गएको थिएँ

पहिलो दिन अफिस पुग्दा एउटा झाडुवाल भेटेको थिएँ
उसको दुई हात जोडी “नमस्कार”लाई एकै हातले फर्काएको थिएँ
किनकी म अफिसमा झाडु लगाउने लगायत सबैको हाकिम थिएँ
झाडुवालले केही भन्न खोज्दै थियो
तर मेरो दिमागले कम्पनीका मालिकलाई
सकेसम्म छिटो भेटेर “बधाई र स्वागतम्” को शब्द गुच्छा
स्वीकारेको आनन्दमय क्षणको बारेमा मात्रै सोच्दै थिएँ
“हाकिम भएर पिउन काम गर्नेसँग के कुरा गरि राख्ने”
मनले मनलाई भन्दै थियो

उसले मलाई दोहोर्‍याएर बोलाएको थियो
तर मैले उसलाई बेवास्ता गरेको थिएँ
किनकी म हाकिम हुने कला सिक्दै थिएँ
म हतार हतार अफिस छिरें
झाडुवाल मेरो पछिपछि आएको थियो

त्यो हाकिमको जागिर मैले एक महिना खाएको थिएँ
लाग्छ अवकास भने मैले पहिलो दिन नै पाएको थिएँ
बास्तवमा त्यो झाडुवाल नै त्यो कम्पनीको मालिक थियो

०००

अल्वानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x