साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार गणतन्त्र !

त्यतिले पनि नपुगेर तिमीले त जनतालाई शरणार्थीको नाममा विदेशी नागरिक बनाएर बेच्यौ ।

Nepal Telecom ad

अन्जु शर्मा

गणतन्त्र तिमीले आफैं
सदनमा भनेको हैन ?
देश पूणर्तः समृद्ध भयो
अब रगतको खोला बग्ने छैन
चेलीको सिंदुर पुछिने छैन
कोही बालख टुहुरो हुने छैन ।

कृषिमा हरित क्रान्ति हुनेछ
कोही भोकले मर्ने छैन
प्राकृतिक तथा मानवीय श्रोतको
परिचालन हुनेछ
देशमा रोजगार सृजना हुनेछ
अभाव र गरिबी घटेर जानेछ
अनि देश विश्व मानचित्रमा
स्वाभिमानको रूपमा चिनिनेछ ।

धिक्कार गणतन्त्र !!
तिमीले भाषा, संस्कृतिसँगै
देश टुक्राटुक्रा बनायौ
सिउँदोमा सिंन्दुर भर्ने युवा
भेडाकै मूल्यमा विदेशतिर बेच्यौ
बाला झुल्ने जमिन बाँझो बनाई
आमालाई भिख माग्न बाध्य पार्‍यौ

त्यतिले पनि नपुगेर तिमीले त
जनतालाई शरणार्थीको नाममा
विदेशी नागरिक बनाएर बेच्यौ ।

०००
रातोपुल, काठमाडौं
२०८० जेठ १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x