बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

धिक्कार गणतन्त्र !

त्यतिले पनि नपुगेर तिमीले त जनतालाई शरणार्थीको नाममा विदेशी नागरिक बनाएर बेच्यौ ।

Nepal Telecom Spring Offer

अन्जु शर्मा

गणतन्त्र तिमीले आफैं
सदनमा भनेको हैन ?
देश पूणर्तः समृद्ध भयो
अब रगतको खोला बग्ने छैन
चेलीको सिंदुर पुछिने छैन
कोही बालख टुहुरो हुने छैन ।

कृषिमा हरित क्रान्ति हुनेछ
कोही भोकले मर्ने छैन
प्राकृतिक तथा मानवीय श्रोतको
परिचालन हुनेछ
देशमा रोजगार सृजना हुनेछ
अभाव र गरिबी घटेर जानेछ
अनि देश विश्व मानचित्रमा
स्वाभिमानको रूपमा चिनिनेछ ।

धिक्कार गणतन्त्र !!
तिमीले भाषा, संस्कृतिसँगै
देश टुक्राटुक्रा बनायौ
सिउँदोमा सिंन्दुर भर्ने युवा
भेडाकै मूल्यमा विदेशतिर बेच्यौ
बाला झुल्ने जमिन बाँझो बनाई
आमालाई भिख माग्न बाध्य पार्‍यौ

त्यतिले पनि नपुगेर तिमीले त
जनतालाई शरणार्थीको नाममा
विदेशी नागरिक बनाएर बेच्यौ ।

०००
रातोपुल, काठमाडौं
२०८० जेठ १०

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
पाकेटमार

पाकेटमार

अन्जु शर्मा
सिकार

सिकार

अन्जु शर्मा
राजाको कोपरा

राजाको कोपरा

अन्जु शर्मा
गुण्डाराज

गुण्डाराज

अन्जु शर्मा
पुरस्कार

पुरस्कार

अन्जु शर्मा
सच्चा नेता

सच्चा नेता

अन्जु शर्मा
गणतन्त्रले के के दियो ?

गणतन्त्रले के के दियो...

कृष्णशरण उपाध्याय पाैडेल
आम माफी

आम माफी

उत्तम विचार
हामी ग्वाँचे

हामी ग्वाँचे

भोलानाथ सुबेदी
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली