साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय पतिदेव

ए अँ साँच्ची स्कुल फि भनेर स्कुल पठाएको मानिस घर फर्किंदा बाह्रौँ फिटको बाटोलाई चौध फिट नापेर आउने पति हाम्रो महान पूज्य पिताश्री वा पतिश्री हुन् ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु

अहिले समानताको कुरा गर्नु पुङ्ग न पुच्छरको कुरा हुनेछ । नशा, नारा जुलुस, हड़ताल, चक्का जाम, राँके जुलुस, मैनबत्ती जुलुस, भनौँ आन्दोलन थुप्रै छ । अधिकार खोज्ने विकल्प। आरक्षणको कुरा गर्नुभयो भने पनि सायद यहाँ हार स्वीकार गर्नुपर्छ । अब विवाह गर्नुको अर्थ यो नलगाउनू कि मेरी धर्मपत्नीले मेरो आदेशको पालन गर्नु नि पर्छ भनेर ।

विवाह त मानिसको प्राकृतिक कुरा हो। कतिको मन मिलेर हुन्छ कतिको धन । विचार आ-आफ्नो हो । जसरी मोटर साइकल चलाउनु दुईवटा पैयाको जरूरत हुन्छ । त्यसरी नि घर चलाउनु पनि पति पत्नीको आफ्नै तालमेल हुन्छ । तालमेल नहुनेहरू नालामा जाकेर निद्रा पुयाइसकेको समाचार यहाँ लेखिराख्नु वा मनगड़न्ते कथा भनिराख्नु पर्दैन होला ?

कति त अफिस सकेर पनि मन भुल्याउनु, जुवा अड्डा वा भट्टीपसलमा लौ अब एक दिनमा जान्छ भन्दै खैनी बनाउँदै खिया परेको दाँत देखाउँदै आफू सम्राट भएको कुरा सुनाउने व्यस्तताभित्र आफ्नो पीड़ा लुकाइराखेको हुन्छ । कति भने घरको जनआन्दोलनदेखि बाँच्न अफिस सकेर सातपल्ट एउटै बजारमा फनफनी सुनामी जस्तो ठुलो प्रलयको आशामा हुन्छ ।

यहाँ आपसी तालमेल नभएपछि कति कति खेर त नि बेलना, कुचो, भाँडावर्तनले पनि आफ्नो धर्म पालन गर्छ अनि छेउछाउमा भएको टमाटर, अण्डा आदिले अझै फुटेर त्यो भित्रको स्वरलाई नैतिक समर्थन गर्छ । आखिर समर्थन दिनु पनि हाम्रो गठबन्धनमा सरकार चलाउनु हो । नशा नाथे क्षेत्रीय पार्टीमा बसेर उन्नति गर्न सक्छु भन्दा बरू काशीतिरको तीर्थयात्रा नि सफल होला । यसरी आलु, प्याज, टमाटर, अण्डाले निभाएको समर्थनले केही हदसम्म त वातावरण शान्त हुन्छ ।

तासमा बसेर महिनाको प्रथम दिन नि तलब सक्ने पति पनि महान हुन् । उनलाई मात्र होइन घरबेटी आमैको साथमा हामीले कमसेकम गाउँबाट भए पनि खदा त दुवैलाई लगाइदिनुपर्ने । अब उन्तीस दिन खाली हात घर चलाउन सक्नु सानो कुरा चैं होइन । उनीहरूबाट पनि हामीले केही शिक्षा लिनुपर्छ ।

ए अँ साँच्ची स्कुल फि भनेर स्कुल पठाएको मानिस घर फर्किंदा बाह्रौँ फिटको बाटोलाई चौध फिट नापेर आउने पति हाम्रो महान पूज्य पिताश्री वा पतिश्री हुन् ।

अरूले गाड़ी, बाड़ी, खाड़ी आदि जम्मा गर्दा हाम्रोले तीन तीनवटा पत्नीश्री भित्र्याउने पतिदेव पनि जय जयकारका पात्र हुन् अनि सौतामाथि सौता आउने पनि जयजयकारका पात्रा हुन् । गर्वले भनौँ जय पतिश्री आजलाई इतिश्री ।

०००
सिलिगुडी, भारत
भरखरै प्रकाशित र विमोचित ‘झरीच्याउ’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x